About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
मानसिक सन्तुलन गुमायका व्यक्तीहरुको लागी घोेराहीमा भएको महायज्ञको आयव्यय सार्वजनीक

Darpanpost बुधबार, कार्तिक २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

देवी भण्डारी, 
घोराही २८ कार्तिक।  घोराहीमा गत असोज १ गते देखि ९ गते सम्म सन्चालन भएको श्रीराम कथा धनधान्याञ्चल नमाह ज्ञान महायज्ञको आज आय व्यय सर्वजनिक गरीएको छ । प्रेरणाका लागी अभियान नेपाल दाङ,सत्संघ सेवा समितिको सयुक्त आयोजनामा भएको महायज्ञमा कुल ३४लाख २४ हजार ३ सय आर्थिक संकलन भएको छ । त्यस मध्य १६ लाख ४२हजार ७ सय ४ रुपैया खर्च भएको प्रेरणाका लागी अभियान नेपाल दाङका सचिव गुनाखर भुसालले जानकारी दिनु भएको छ । साथै महायज्ञवाट १७ लाख ,८१ हजार ५ सय ९६ रुपैया आम्दानी भएको छ । महायज्ञमा १ लाख ३५ हजारको जिन्सी सामान रहेको पनि सचिव भुसालले बताउनु भयो । मानसिक सन्तुलन गुमायका व्यक्तीहरुका लागी घोेराहीको कुहिरेपानीमा निमार्णा्धिन भवनको लागी महायज्ञ सञ्चालान गरिएको थियो । कुहिरेपानीमा ८ कोठे भवन निर्माण भईरहेको छ । उत्तः भवन निर्माणको लागी १ करोड ५० लाखको अनुमान गरिएको प्रेरणाका लागी अभियान नेपाल दाङका अध्यक्ष श्रीधर लम्सालले जानकारी दिनु भएको छ ।अहीले सम्म भवन निमार्णमा ६० लाख लगानी भएको र आगामी २०७६ बैशाख सम्म भवन निर्माण गरि मानसिक सन्तुलन गुमाएका व्यतिहरुलाई बसाल्न सुरु गरिने पत्रकार सम्मेलनमा लम्सालले जानकारी गराउनु भएको थियो ।
यस भवन निमार्णनमो लागी हाल सम्म घोराही उपमहानगारपालिकाले ५ लाख तथा घोराहीउपमहानगरपालिका वडा नं ४ बाट १ लाख ,जिल्ला समन्व्य समितिबाट १लाख सहयोग भएको छ । त्यस्ले अमेरिकास्थित नेपालिसंस्था हेल्थ पाउन्डेसनको २५ लाख सहयोग गरेको भोलानाथ योगीले जानकारी दिनु भएको छ । साथै मानसिक सन्तुलन गुमाएका व्यतिको लागी १ जना डाक्टर तथा नर्सको व्यबस्था गर्ने पनि हेल्थ फाउन्डेशनले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
यस्रैविच दाङमा अहिले २६ जना मानसिक रोगी भएको पनि त्यसअवसरमा जानकारी गराईएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com