About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस र च्यासल भिड्ने

Darpanpost बुधबार, कार्तिक २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, कात्तिक २८ ।

नवलपुरको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा जारि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र च्यासल युथ क्लब भिड्ने भएका छन् ।

 

आज(बुधबार) भएको दोस्रो तथा अन्तिम सेमिफाईनल खेलमा हिमालयन शेर्पा क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै च्यासलले पुलिससङ्गको उपाधी भिडन्त पक्का गरेको हो ।

 

 

पहिलो हाफको २२ औं मिनेटमा सन्जोग राईको गोलबाट अग्रता लिएको च्यासलले दोस्रो हाफमा ३ गोल ग‍र्याे । दोश्रो हाफको ७२ औं मिनेटमा बिमल घर्ती मगरले पेनाल्टी मार्फत च्यासलको अग्रता दोब्बर पारे । लगत्तै ७५ औं मिनेटमा विश्व अधिकारिले गोल गरे भने चौथो गोल ८१ औं मिनेटमा हेमन्त थापा मगरको नाममा रह्यो । खेलको म्यान अफ दि म्याच च्यासलका विश्व अधिकारिले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।

 

 

फाइनल खेल भोलि(बिहिबार) दिनको १ः३० बजे हुने खेल संयोजक सेतमान पुनले जानकारी दिनुभयो । यसअघि हिजोको पहिलो सेमिफाईनलमा १–० उपहार गोलको सहयोगमा बिरगंज युथ एकेडेमीलाई पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको थियो  ।

 

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधी बिजेताले रु ४ लाख ९९ हजार ५५५ र दोस्रो हुने टिमले रु २ लाख ५५ हजार ५५५  मेडल, प्रमाण पत्र को साथै फाईनलमा पुग्ने २ टिम लाई म्याच मनि रु १ लाख रहेको मुल आयोजक समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारि दिनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :-newsdarpanpost@gmail.com

Web :- www.darpanpost.com