नवलपुर, कात्तिक २८ ।
भ्रष्टाचार अन्त्यका लागि अख्तियारको प्रयासले मात्र अर्थ नहुने अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख रविलाल पन्तले बताउनुभयो । बुधबार कावासोतीमा सम्पन्न भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गनुहुदै प्रमुख पन्तले भ्रष्टाचारलाई जरैदेखि उखेल्न सम्पुर्ण संघसस्था ,कर्मचारी र नागरिकहरुको संयुक्त पहलले मात्र भ्रष्टाचार अन्त्य हुने दावी गर्नुभयो ।
यसैगरी कार्यक्रममा बोल्नुहुदै प्रमुख अाितिथि चेसराम आलेले भ्रष्टाचार गर्नेलाई कडा सजाय दिनुपर्ने र इमान्दार कर्मचारीलाई सम्मान र पुरस्कृत गर्नुपर्ने बताउनुभयो । आलेले भन्नुभयो , यसको लागि सुरु आफैबाट गर्नुपर्छ ।
यसैगरी प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले देशमा भएको राजनितिक, आर्थिक परिवेशले गर्दा पनि भ्रष्टाचारको अन्त्य हुन नसकिएको उहाँको भनाई छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको आयोजनामा कावासोती नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, जिल्ला प्रहरी कार्यालय नवलपुरका एस पि रमेश थापा लगायत कावासोती नगरपालिकाका कर्मचारी, जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।