About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
कावासोती नगरपालिकाको योजना उपभोक्ता तालीम मंगलबार पनि जारी

Darpanpost मंगलबार, कार्तिक २७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, कात्तिक २७ ।

पुर्बी नवलपरासीको कावासोती नगरपालिकाले आइतबारदेखि सन्चालन गरेको योजना उपभोक्ता तालीम मंगलबार पनि जारी राखेको छ । जस अन्तर्गत कावासोती वडा नम्वर १०,८,९,१५ र १७ का उपभोक्ताहरुलाई तालीम दिइएको छ ।

तालिममा निर्माण कार्य सहज बनाउने, बिल भुक्तानी प्रक्रिया, कार्बाही आदिका बारेमा तालिम दिइएको हो । तालिम, दुइ दुइ वडाका सहभागीहरुको समुह छुट्याएर सन्चालन गरिएको कावासोती नगरपालिकाका इन्जिनियर पवन रुपाखेतीले जानकारी दिनुभयो ।

मंगलबारको तालिममा प्रशासकिय अधिकृत रोशन ज्ञवाली, इन्जिनियर एवम् सुचना अधिकृत पवन रुपाखेति, योजना शाखा अधिकृत होमनाथ काफ्ले, लेखा शाखा अधिकृत रमेश घर्तीले सहजीकरण गर्नुभएको थियो ।

तालिम बुधबार समापन हुनेछ । नगरपालिकाले सन्चालन गरेको योजना सफल र प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com