About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
राइनो संरक्षण गोल्डकप : पहिलो सेमिफाईनल मा विजयी भएसँगै नेपाल पुलिस क्लब उपाधी नजिक

Darpanpost मंगलबार, कार्तिक २७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, कात्तिक २७ ।

नवलपुरको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा जारि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नजिक नेपाल पुलिस क्लब पुगेको छ ।

 

पहिलो सेमिफाईनल अन्तरगत आज(मंगलबार) बिरगंज युथ एकेडेमीलाई १-० गोलले पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । निर्धा्रित समय सम्म दुबै टिमबाट गोल हुन नसकेको खेलको दोस्रो हाफमा थप गरिएको समयमा बिरगंज जर्सि न. २ का सुशील पटेलको आत्मघाती गोल मार्फत पुलिसले फाईनल भिडन्त पक्का गरेको हो ।

 

 

खेलको म्यान अफ द म्याच विरगन्ज युथ क्लवका जर्सि न १६ कृष्ण कार्कि  भएका छन  ।

 

दोश्रो सेमिफाइनलमा भोलि(बुधबार) च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्ने खेल सयोजक शेतमान पुनले जानकारि दिनुभयो । कात्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल २९ गते बिहीवार हुनेछ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।