About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
ट्राईबेकरमा ४–२ गोलले एपिएफ लाई पराजित गर्दै हिमालयन शेर्पा विजयी

Darpanpost सोमबार, कार्तिक २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, २६ कात्तिक ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता–२०७५ को तेस्रो  क्वाटर फाईनल खेलमा हिमालयन शेर्पा विजयी भएको छ । ट्राईबेकरमा ४–२ गोलले एपिएफ लाई पराजय  गर्दै हिमालयन शेर्पा विजयी भएको हो ।

 

यो सगै हिमालयन शेर्पा ले सेमिफाईनलको यात्रा तय गरेको छ । खेलको पहिलो हापको अन्तिम ४४ औ मिनटमा हिमालयन शेर्पाले पाएको पेलान्टिलाई शेर्पाका जर्सि न १४ का कर्न लिम्बू ले बललाई गोलमा परिणत गरे । पहिलो हाप सम्म १ गोलको अग्रता लिएको शेर्पा भने दासो्र हापको ९ औ मिनटमा बराबरिमा पुग्यो । ए पि एफका जर्सि न ९ का प्रविन स्यान्ताङले गोल गरेपछि खेल बराबरिमा पुगेको थियो  । खेलको २८ औ मिनटमा एपिएफका टिम क्याप्टेन जर्सि न ११ का खेलाडी नवीन लामाले दोसा्रे गोल गरेपछि एपिएफ २–१ले अग्रता कायम गरेको थियो । तर एपिएफको अग्रता पनि हिमालयनले धेरै समय टिक्न दियन । शेर्पाका जर्सि न २ का विदेशी मुलका खेलाडी दद्या जोनियर वान्डा ले खेलको ४० मिनटमा गोल गरि खेललाई बराबरि गराएका थिए । निर्धा्रित समयमा दुबै टिमबाट बराबरि गोल भएपछि खेल टाई बेकरमा गएको थियो । खेलको म्यान अफ समेत हिमालयन शेर्पाका जर्सि न ३३ का किशोर गिरिले हात पारे ।

 

भोलिको खेल  विरगन्ज युथ  र नेपाल पुलिस क्लव बिच विच हुने खेल सयोजक शेतमान पुनले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । फाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ दिईने आयोजकले जनाएको छ । फाईनल खेल कार्तिक २९ गते हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :-newsdarpanpost@gmail.com

Web :- www.darpanpost.com