ज्ञानु पंगेनी ,
२६ कात्तिक , नवलपरासी । बाल्मीकि ऋषी र सीतामातासंग सम्बन्धित रहेको नेपालको एक महत्वपूर्ण धार्मिक , पौराणिक तथा ऐतिहासिक स्थल बाल्मीकि आश्रम उचित प्रचार प्रसार र विकास हुन नसक्दा ओझेलमा परेको छ ।
चितवन जिल्लाको राष्ट्रिय निुकुञ्जभित्र अवस्थित यस धार्मिक स्थलमा नेपालबाट सोझै पुग्ने बाटो नहुदा यहा पुग्ने धार्मिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन सकेको छैन । भने आवश्यक विकास समेत हुन सकेको छैन ।
सीताको जन्मथलो नेपालकै जनकपुरधाम नेपालकै प्रसिद्ध धार्मिक पर्यटकिय स्थल मध्ये एक महत्वुपूर्ण स्थानका रुपमा परिचित छ तर सीताले लामो समय विताएको , सीता पाताल प्रवेश गरेको , लव–कुश जन्मेको जन्मथलो र रामायण काव्यको रचना भएको स्थल, बाल्मीकि आश्रमप्रति भने सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैनन ।
नवलपरासी पूर्वमा पर्ने त्रिवेणीधामबाट डुङ्गा तरेर एक घण्टा जंगलको बाटो पैदल हिडेर मात्रै नेपालको बाटोबाट आश्रममा पुग्न सकिन्छ । भारतको बाटो हुदै आश्रम पुग्न धेरै सहज छ ।
नवलपरासीको त्रिवेणीमा रहेको गण्डक ब्यारेज पुल तरेर भारतको बाल्मीकि नगर हुदै करीब सात किलोमिटरको यात्रा गरेपछि आश्रम पुगिन्छ । भारतले आश्रम पुग्ने बाटो कच्ची नै भए पनि धेरै सहज बनाएको छ । खोल्साखोल्सी र एउटा खोला तर्नुपर्ने भएकाले वर्षाको समयमा भने भारतको बाटो हुदै पुग्न पनि केहि समस्या छ । वर्षाको समयमा नेपालको बाटो नारायणी नदिबाट डुङ्गा तरेर जान सम्भव नै हुदैन ।
भारतको बाटो हुदै जादा भारतीय प्रहरी र सेनाले धेरै दुःख दिने गरेका कारण नेपाली धार्मिक पर्यटक बाल्मिकी आश्रममा कमै पुग्छन । यहा भारतीय श्रद्धालु नै दर्शनका लागि बढि पुग्छन ।
आश्रममा पुगेका एक जना दर्शनार्थी विजय पंगेनीले भने ‘भारतीय सिमामा रहेको ब्यारेज पूलमा बस्ने प्रहरी र आश्रम नजिकै रहेको भारतीय आर्मिले अनावश्यक रुपमा नानाथरी कुरा सोध्ने , समयको पनि पावन्दी लगाउने जस्ता कृयाकलाप गरेर दु ः ख दिदा रहेछन । ’
नेपालबाट नै आश्रम पुग्ने सहज बाटो भएमा यहा नेपाली धार्मिक पर्यटकको आगमनमा बृद्धि हुने विश्वास यहाका अगुवाहरुको छ । केही समय पहिला त्रिवेणीको गजेन्द्र मोक्षधामबाट नारायणीमा झोलु¨े पुल बनाउने पहल समेत भएको थियो । वाल्मीकि आश्रम लाई त्रिवेणीधामसंग जोड्नका लागि प्रयास भए पनि चितवन राष्ट्रिय निकुञ्ज पर्ने भएकाले पुल निर्माण हुन सकेन ।
आश्रम स्थलमा सीताको मन्दिर निर्माण गरिएको छ जहा सीतामाता पाताल प्रवेश गरेको स्थान छ । सीता मन्दिर बाहिर उत्तपट्टी हनुमानले एउटा घुडा टेकेको मूर्ति प्रतिष्ठापित छ । मन्दिर आसपासमा पानी पिउने गरेको पुरानो इनार , सीतामाताले प्रयोग गरेको सिलौटो र लोहोरो , गाग्री राख्ने राख्ने ढुङ्गा , लव–कुशको जन्मस्थल , लव– कुशले अश्वमेध यज्ञको घोडा पक्रिएर बा“धेको खम्बा, बाल्मिकि ऋषीले लव – कुशलाई शिक्षा प्रदान गरेको स्थल ( पाटशाला) जस्ता पुरातात्विक धार्मिक वस्तु देख्न सकिन्छ ।
बाल्मीकि ऋषी संगै यस्तै ८८ हजार ऋषीहरुले हवन गरेको कुण्ड , विष्णु चक्र , प्राचिन हवनद्धार लगायतका पुरातात्विक स्थल छन । तर यी पुरातात्विक स्थल र बस्तुहरुको उचित संरक्षण र सम्बद्र्धन हुन नसक्दा जीर्ण बन्दै गएका छन । पुरातात्विक वस्तुहरुहरु जोसुकैले छुने , चलाउने र कोर्ने गर्दा तीनको स्तितव नै नाश हुने खतरा रहेको छ । ती वस्तुहरुको रेखदेखका लागि आश्रममा कोहि पनि छैनन ।
नेपाल र भारत दुवै देशका पुरातत्वविद्को संयुक्त टोलीले सन् १९६५ मा प्राचीन बाल्मीकि आश्रम यहा रहेको पत्ता लगाएका हुन ।
वाल्मीकि आश्रमको उचित विकास हुन नसक्नुको मुख्य कारढा प्रचार–प्रसारको अभाव र विकट भौगोलिक अवस्था हो । वारी रहेको त्रिवेणीधाममा देश विदेशबाट दिनहु सयौको संख्यामा भक्तालुहरु पुग्ने गर्छन तर त्यसको नजिकै पारी रहेको हिडेर पनि एक घण्टामा पनि पुग्न सकिने बाल्मीकि आश्रममा भने निक्कै कम पुग्छन । यदि नारायणी नदिमा पुल बन्ने र नेपालतर्फको बाटो सहज हुने हो भने त्रिवेणी आउने अधिकाशं भक्तालुहरु बाल्मिकि आश्रममा पुग्ने गजेन्द्र मोक्षदिव्य धाम त्रिवेणीका उत्तराधीकारी कृष्ण प्रपन्नाचार्यले बताए ।