About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
विमल घर्तिमगरको गोलसँगै आइतबारको खेलमा च्यासल युथ क्लब बिजयी

Darpanpost आइतबार, कार्तिक २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, २५ कात्तिक ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा जारि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता–२०७५ को दोस्रो क्वाटर फाईनल खेलमा च्यासल युथ क्लव विजयी भएको छ । एनआरटि न्युरोड टिमलाइ १–० गोल अन्तरले पराजित गर्दै च्यासल युथ क्लव विजयी भएको हो ।

 

 

यो सगै सेमि फाईनल पुग्ने च्यासल युथ क्लव पहिलो भएको  छ  ।  खेलको पहिलो हापमा दुवै टिमबाट कुनैपनि गोल हुन सकेको थिएन । खेलको दोस्रो हापको १० औँ मिनेटमा च्यासल युथ क्लवले पाएको कर्नर सुटलाई  फरवार्ड खेलाडी जर्सि नं. १० का विमल घर्ती मगरले हेड मार्फत खेलको पहिलो गोल गरेका थिए । विमल घर्ति मगरले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । आजको खेलमा म्यान अफ दी म्याच विमल घर्तिमगर भएका छन ।

 

 

भोलि(सोमबार)को खेल ए. पि. एफ. क्लव र हिमालयन शेर्पा विच हुने खेल संयोजक शेतमान पुनले जानकारी दिनुभयो । खेलमा विभागीय टिम २ र ए डिभिजन क्लबका ६ टिमको सहभागिता रहेको थियो । खेल २९ गते सम्म चल्ने  प्रचारप्रसार समितिका संयोजक बिष्णु अधिकारीले  जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुनेले रु ४ लाख ९९ हजार ५५५ र दोस्रो हुने टिमले रु २ लाख ५५ हजार ५५५  मेडल, प्रमाण पत्र को साथै फाईनलमा पुग्ने २ टिम लाई म्याच मनि रु १ लाख पाउने छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :-newsdarpanpost@gmail.com

Web :- www.darpanpost.com