About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
गैडाकोट र देवचुलीमा बजार अनुगमन मिठाई पसल र होटलका भान्छा घरमा फोहोरै फोहोर

Darpanpost मंगलबार, कार्तिक २०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानु पंगेनी,
२० कात्तिक, नवलपरासी ।  चाडपर्वलाई लक्षित गरि नवलपरासी पूर्वमा अनुगमनलाई तिब्रता दिईएको छ । जिल्ला प्रशाशन कार्यालय नवलपरासी पूर्वको रोहबरमा मंलवार गैडाकोट नगरपालिका र देवचुली नगरपालिकामा रहेका मुख्य मुख्य बजारमा अनुगमन गरिएको छ । तिहारका वेला विषेशगरि मिस्ठान्न परिकार बढि विक्री हुने भएकाले मिस्ठान्न पसलमा अनुगमन गरिएको हो । गैडाकोटमा रहेको मौलाकालीका मिस्ठान्न भण्डार , अधिकारी मिस्ठान्न भण्डार र गणपती स्विटस् हाउसमा अनुगमन गरिएको थियो । यस्तै रजहरको सुवेदी मिस्ठान्न एण्ड वेकरी र मारवाडी मिस्ठान्न भण्डार , दलदलेमा रहेको सुवेदी स्विट्स एण्ड वेकरीमा पनि अनुगमन गरिएको थियो । अनुमन गरिएका सबै मिठाई पसलले तौलमा एक सय ४५ ग्रामसम्म ठगि गरेको पाईएको जिल्ला प्रशाशन कार्यालय नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।


मिस्ठान्न पसलमा चास्नि र तेलमा झिका मरेका पाईएपछि तुरुन्तै नष्ट गरिएको थियो ।
दलदलेमा रहेको सुवेदी स्विट्स एण्ड वेकरीको भान्छा ज्यादै फोहोर पाईएपछि तुरुन्तै भान्छालाई व्यवस्थित र सरसफाई गर्न निर्देशन गरिएको छ । वेकरी उत्पादन गर्ने मेसिन सफा नै नगरिएको कच्चा पदार्थ भुईमा जताजतै राखेकाले झिका भन्केको पाईएको थियो ।


यस्तै मुख्य मुख्य किराना पसलमा समेत अनुगमन गरिएको थियो । किराना पसलहरु कुनैले पनि मुल्य सुचि नराखेको , म्याद नाघेका , लेबल नभएका , कुहिएका दाल , तेल , च्यापत्ती , सिन्के चाउचाउ , फुरनदाना , सेवई , चना दालमोठ लगायतका सामाग्री फेला पारेकाले ती सामाग्री जफत गरिएको छ । पसलहरुलाई मुल्य सुचि राख्न र म्याद नाघेको , खराब भएको सामाग्री छुट्टै स्थानमा स्पष्ट हुने गरि लेखेर राख्न र्दिेशन गरिएको पौडेलले जानकारी दिए । मौलाकालीका मन्दिरको फेदीमा रहेका होटल र पसलमा समेत मंगलवार पहिलो पटक अनुगमन भएको छ ।
यस्तै होटलरुमा पनि अनुगमन गरिएको थियो । दुम्कौलीको शाश्वतधाम अगाडी रहेका होटलहरुमा गुनासो आएकाले अनुगमन गरिएको थियो । यहाका होटलहरु दर्ता नभएका पाईएको छ । भने फोहोर र दुईतिन दिनदेखि फ्रीजमा राखेर बासि खाना नास्ता दिने गरेको पाईएको छ । धेरै दिनका सामाग्री नष्ट गरिएको छ ।
अनुगमनमा कावासोती प्रहरी , उद्योग वाणिज्य संघ उपभोक्ता हकहित संरक्षण मञ्च र पत्रकारको टोली सहभागि थिए । सोमवार कावासोतीमा अनुगमन गरिएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com