About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
राइनो गोल्डकप : नेपाल पुलिस क्लव विजयी

Darpanpost सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर , कार्तिक १९ ।

नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा जारी राइनो सरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज नेपाल पुलिस क्लव विजयी भएको छ । राईनो गोल्कप फुटबल को डिफेन्डिङ च्यामपियन सि एम जि सकटा माथि १(० बिजयी भएको छ ।

 

पहिलो हाफ को १३ मिनटमा नेपाल पुलिस क्लवका जर्सि न ८ का खेलाडी अविसेक रिजालले गरेको गोल नै आजको खेलको निर्णायक गोल बन्न पुग्यो । पहिलो खेलमा १(० ले पछि परेको सङ्कटाले दोसो्र हापमा आक्रमक देखिय पनि गोल गर्न सकेन । खेलको दुबै हापमा दुबै टिमले गोल्डन अवसर प्राप्त गरेपनि दासा्रे हापमा दुबै टिमले गोल गर्न सकेन  खेलको म्यान अफ दि म्याच निर्णायक गोल कर्ता नेपाल पुलिस क्लव जर्सि न ८ का अभिषेक रिजाल भए ।

 

 

प्रतियोगिता अन्तरगत मगलबारको खेल आयोजक नवलपरासि र विरगन्ज युथ एकेडेमी बीच हुनेछ । आयोजक नवलपरासिले उद्धाटन खेलमा रुपन्देही ११ लाई र विरगन्ज युथ एकेडेमी ले कास्की ११ लाई हराएको थियो ।

 

प्रतियोगितामा विभागीय टिम एपिएफ, नेपाल पुलिस क्लब र ए डिभिजनका ६ टिमसहित १२ टिमको सहभागिता रहेको आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए यस्तै २६ गते एपीएफ क्लब र मनाङ–मर्स्याङ्दी क्लवबीच हुने प्रचार–प्रसार सयोजक बिष्णु अधिकारीले जानकारी दिए । प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ दिईने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :-newsdarpanpost@gmail.com

Web :- www.darpanpost.com