ज्ञानु पंगेनी,
१९ कात्तिक, नवलपरासी । नवलपरासी पूर्वको सदरमुकाम कावासोतीमा रहेका मिठाई पसलले एक किलोग्राममा एक सय ४० ग्रामसम्म तौल कम गरेर दिने गरेको पाईएको छ ।
सोमवार जिल्ला प्रशाशन कार्यालय नवलपुरको रोहबरमा गरिएको अनुगमनमा सो प्रमाणित भएको हो ।
मिठाई पसलहरुले मिठाई राखेर दिने डब्बा मात्रै एक सय ४० ग्रामसम्म तौल रहेको पाईएकाले उपभोक्ताले एक किलोग्राममा ८० रुपैयासम्म मिठाईमा घाटा व्यहोरेको जिल्ला प्रशाशन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।
कावासोतीमा बढि चलेका तीन वटा मिठाई पलमा अनुगमन गरिएको थियो । कावासोती दुई ईन्द्र्रचोकमा रहेको श्री गणेश मिस्ठान्न भण्डार , ओम मिस्ठान्न भण्डार र फलफुलचोकमा रहेको पारस मिष्ठान्न भण्डारमा अनुगमन गरिएको हो । मिठाई पसलहरुमा पहिलो पटक अनुगमन गरिएकाले अबका दिनमा उपभोक्तालाई सहि तौल दिन अनुरोध गरेर छाडिएको पौडेलले जानकारी दिए । मिठाई पलहरुमा सरसफाई समेत नगरेको पाईएकाले सरसफाई गर्न समेत निर्देशन गरिएको छ ।
यस्तै कावासोतीका होटल र किराना पसलमा पनि अनुगमन गरिएको थियो । फलफुलचोकमा रहेका होटलहरुमा गरिएको अनुगमनका क्रममा भान्छा ज्यादै फोहोर रहेको पाईएको छ । दुई दिनभित्र सरसफाई र भान्छा घरको व्यवस्थापन गर्न निेर्दशन गरिएको पौडेलले बताए । यस्तै दर्ता पनि नभएकाले दर्ता गर्न समेत निर्देशन गरिएको छ ।
यसैगरि किराना पसलहरुमा म्याद नाघेका , लेबल नभएका , कुहिएका दाल , तेल , च्यापत्ती , सिन्के चाउचाउ , फुरनदाना , सेवई , दालमोठ लगाउतका सामाग्री फेला पारिकाले ती सामाग्री जफत गरि नष्ट गरिएको छ । यस्तै अुगमन गरिएका पसलहरुमा कुनैले पनि मुल्य सुचि नरोखेको पाईएकाले मुल्य सुचि राख्न भनिएको पौडेलले जानकारी दिए ।
अनुगमनमा कावासोती नगरपालिकाका राजेन्द्र देवकोटा , नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेल , प्रहरी , उपभोक्ता हकहित संरक्षण मञ्च र पत्रकारको टोली सहभागि थिए ।