दु:ख परिराछ देशमा हेरि बस्छ सरकार
आफ्नै अनुकुल संविधान केरि बस्छ सरकार
कयौं चेली लुटिसके वास्ता छैन उस्लाई
छेपारो झै अनेक रङ्ग फेरी बस्छ सरकार
देश द्रोही अनि कयौं लुटिसके वास्ता छैन उस्लाई
आवाजहरुलाई कठघरामा घेरी बस्छ सरकार
निर्दोष थिइ कंचनपुरकी एक बालिका
दोषी पत्ता लगाभन्दा नटेरी बस्छ सरकार
निर्दोस थियो न्याय माग्न जादा न्यायको सट्टा
उल्टै अपराधिलाई अङ्गालोमा बेरी बस्छ सरकार
लेखक – सन्जु निरौला
दमक झापा