देवचुली, १९ कात्तिक
माधव अधिकारी ।।
देवचुली नगरपालिका ९ मा रहेको जनजागृत युवा क्लबले कृष्ण बहादुर आलेको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको छ । जसको उपाध्यक्षमा चन्द्र बहादुर थापा, सचिवमा खेम ब. सारु, सहसचिवमा नवराज पंगेनी, कोषाध्यक्षमा गीता फ्याउली, सदस्यहरुमा तुलीसरा लुंगेली, बसन्ती परियार, आस्मति मोग्मी, गणेश गाहा, सागर गुरुङ्ग, दिपक तामागं, विरेन्द्र राज काफ्ले र राजेन्द्र भुषाल चयन हुनुभएको छ ।
त्यस्तै सर्वसहमति बाटै अशोक राज कंडेलको संयोजकत्वमा तीन सदस्यीय लेखासमिति समेत चयन गरिएको छ । जसको सदस्यहरुमा महेन्द्र कुमार श्रेष्ठ र संजय काफ्ले चयन हुनुभएको छ ।
शनिबार सम्पन्न दास्रो साधारण सभा तथा दोस्रो अधिवेशन बाट पदाधिकारीको टुंगो नलागेपछि कार्यक्रम आजका लागि सारीएको थियो ।
वि.सं २०७१ सालमा दर्ता भइ सञ्चालन भएको क्लबले वडामा फोहोरमैला व्यवस्थापन, स्थानिय धर्मसंस्कृति संरक्षण र खेलकुदका क्षेत्रमा स्थानिय सँग सहकार्य गर्दै काम गर्दै आएको छ ।