About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
बालबालिकाहरुको चौतर्फी विकासको लागि जीवनउपयोगी सिपको आवश्यकता : वडाध्यक्ष क्षेत्री ।

Darpanpost आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

देवचुली, १८ कात्तिक ।

देवचुली नगरपालिकामा सञ्चालन गरिएको एक कार्यक्रममा जनप्रतिनिधीहरुले बालबालिकाहरुको चौतर्फी विकासको लागि जीवनउपयोगी सिपको तालिम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

 

किशोरीहरुले सञ्चालन गरेको द्धन्द्ध र सामाजिक समस्या न्युनिकरणमा किशोरकिशोरीको भुमिका बिषयक तालिम कार्यक्रमको समापनमा देवचुली नगरपालिका वडा नं. १६ का वडा अध्यक्ष केशरबहादुर क्षेत्रीले उक्त कुरामा जोड दिनुभएको हो ।

 

देवचुली नगरपालिका यही भाद्ध २९ गतेका दिन बालमैत्री नगरको रुपमा नेपालको नै दोस्रो घोषणा भएको र यसको दिगोपनाका लागि समेत यस्ता खालका कार्यक्रमहरुले सहयोग गर्र्ने समेत वडा अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

 

उक्त कार्यक्रमका ३० जना किशोरीहरुले देवचुली नगरपालिकामा रहेका किशोरकिशोरीहरुलाई आत्मसुरक्षा, द्धन्द्ध, हिंसा, महिनावारी, सामाजिक समस्याहरु, नेतृत्व विकास र जीवनउपयोगी सिपको बारेमा विद्यालयहरुमा र समुदायस्तरमा सचेतनामुलक बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरेको कार्यक्रमका संयोजक दिपक शर्माले बताउनुभयो । जागृति बाल तथा युवा सरोकार नेपालद्धारा देवचुली नगरपालिकामा कन्नालानको सहयोगमा  किशोरी शसक्तिकरण कार्यक्रममा  देवचुली १६ रजहरमा सम्पन्न भएको हो ।
कार्यक्रममा वडाका ४० भन्दा बढी किशोरकिशोरीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :-newsdarpanpost@gmail.com

Web :- www.darpanpost.com