गजल
स साना कुराको भयंकर चटक लाग्छ ।
हिजो आज जीवन मलाई सडक लाग्छ ।।
रहर त्याग्छु बोल्ने म चुपचाप बस्ने छु ।
सबै तौलिने छन् बोले वाक्य ढक लाग्छ ।।
अकारण सबै मेघ जस्ता बनेका छन् ।
कोहि हाँसिदेऊ अँध्यारो चहक लाग्छ ।।
केहि छैन अहिले मेरो अर्थ त्यै सम्झे ।
हुँदा छुट्टिदा जे कुरामा फरक लाग्छ ।।
हृदयको र संवेगको मात्र नाता हो ।
दुरुस्तै दुखी देख्छु आफ्नै खलक लाग्छ ।।
राजीव “संघर्षी”
रमेटार ४ बाग्लुङ