About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
असाहाय विपन्न वालवालिकालाई आवास सहितको शिक्षाका लागि मध्यविन्दुमा शैक्षिक महोत्सव हुँदै ।

Darpanpost मंगलबार, कार्तिक १३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, १३ कात्तिक ।

पूर्वी नवलपरासी मध्यविन्दु १ सेतापानीमा रहेको शान्ति आधारभूत विद्यालयले गीता ज्ञान विज्ञान शैक्षिक महोत्सव तथा धनधान्याञ्चल ज्ञानमहायज्ञ आयोजना गर्ने भएको छ ।

 

यज्ञ मुल समारोह समितिले आज(मंगलबार) कावासोतीमा पत्रकार सम्मेलन गरि आगामि मंसिर ३ गतेबाट ११ गतेसम्म यज्ञ संचालन गर्न लागेको जानकारी गराएको हो । समाजमा रहेका अनाथ, असाहय र अति विपन्न परिवारका छोराछोरीहरुलाई आवासीय सेवा सुविधा सहित नि–शुल्क शिक्षा प्रदान गर्ने, विद्यालयको शैक्षिक सुधार र भौतिक पूर्वाधारको विकास गर्ने उद्देश्यले यज्ञ संचालन गर्न लागेको पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक दधिराम सापकोटाले जानकारी दिनुभयो ।

 

यज्ञबाट खर्च कटाएर करीब तीन करोड रुपैयाँ दान रकम संकलन हुने लक्ष्य राखिएको र करीब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको सापकोटाले बताउनुभयो । जिल्लाका विभिन्न दानविर दाताहरुसंग आग्रह गरिएको र स्थानीय तहबाट समेत सहयोगको माग गरिएकाले लक्ष्य राखे बराबरको दान रकम संकलन गर्न सकिनेमा विश्वास रहेको सापकोटाले बताउनुभयो । त्यस्तै अनाथ, असाहय र अति विपन्न परिवारका छोराछोरीलाई लक्षित गरि धनधान्याञ्चल ज्ञानमहायज्ञ आयोजना गर्न लागीएको भन्दै यस ज्ञानमहायज्ञलाई सफल वनाउन महायज्ञ मुल समारोह समिती संयोजक सिद्धिमान खड्काले सवैले सहयोग गर्न आग्रह गर्नुभएको छ ।

 

यज्ञमा प्रमुख वाचकका रुपमा चैतन्य कृष्ण गुरु महाराज जी ले प्रवचन गर्नुहुनेछ । यज्ञको तयारी तिब्र पारिएको र प्रचार प्रसारलाई समेत प्राथमिकतामा राखेर काम भईरहेको प्रचार–प्रसार संयोजक धनेश्वर कुवँरले जानकारी दिनुभयो । १० हजार एक रुपैयाँ दान दिने दानदाताले आजिवन सदस्य वन्न सक्ने कुवँरले बताउनुभयो । यज्ञ सफल पार्न विभिन्न ३५ वटा उपसमिति गठन गरेर तयारी तिब्र पारिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com