About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
साना किसानद्धारा कृषकलाई पशु विमा बापतको क्षतिपूर्ती रकम हस्तान्तरण ।

Darpanpost मंगलबार, कार्तिक १३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, १३ कात्तिक ।

साना किसान कृर्षि सहकारी संस्था लि अग्यौलीले कृषकलाई पशु विमा वापतको क्षतिपूर्ती रकम हस्तान्तरण गरेको छ । कृषक रेवती प्रसाद न्यौपानेलाई विमा वापत गाईको विमा मुल्य ६५ हजार वापतको क्षतिपूर्ती रकम ५८ हजार ५ सय र भैसीको विमा मुल्य ८० हजार को क्षती पूर्ती रकम ६२ हजार गरि कुल १ लाख ३० हजार ५ सय वरावरको क्षतिपूर्ती रकम आज एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ । यसरी क्षतीपूर्ती वापतको रकम पाउंदा आफुलाई निकै राहत मिलेको वताउनुभयो ।

 

सञ्चालक समिती सदस्य एवं दुधडेरी उप समिती संयोजक हरि प्रसाद सुवेदीको अध्यक्षतामा आयोजीत कार्यक्रममा संस्थाका अध्यक्ष प्रेम वहादुर वस्नेत प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वोल्दै अध्यक्ष वस्नेतले देशको विकासका लागी पनि कृर्षि क्षेत्रको विकास हुन आवश्यक रहेको वताउनुभयो । उहांले यस्ता किसीमका विमा योजनाले पशुपालकल कृषकहरुलाई सहज हुने वताउनुभयो ।

 

त्यस्तै कावासोती नगरपालीकाका पशु प्राविधिक बुद्धि वहादुर देउजा, हुप्सिकोट गाउंपालीकाका पशु प्राविधिक दिपक वास्ताकोटी, सञ्चालक सदस्य नवराज घिमिरे,दुधडेरी उप समिती कर्णाखर आचार्य,प्रेम प्रसाद लामीछाने,डेरी सहायक कर्मचारी नेत्र तिवारी  लगाएतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन हेमन्त ढुङ्गानाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com