ज्ञानु पंगेनी,
नवलपरासी , १२ कात्तिक । नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउपालिका दुई निवासी १९ वर्षका रुपेश महतोलाई कुटपिट गरी हत्या गर्ने पाच जनालाई पुरपक्षको लागि भरतपुर कारागार चलान गरेको छ । विनयी त्रिवेणी दुई दुम्किबास ज्यामिरे बस्ने १९ वर्षका मनोज जमरकटेल २१ वर्षका सुरज काउसा मगर २२ वर्षका दिपेन रोक्का १९ वर्षका सागर थापा क्षेत्री र ३४ वर्षका सन्तोष बहादुर थापालाई कारागार चलान गरिएको हो ।
गत असोज चार गते विनयी त्रिवेणी गाउपालिका एक स्थित बाग्लु¨ कालिका क्रसर उद्योग परिसरमा आपसी विवाद हुदा महतोलाई कुटपिट गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका प्रहरी नायव उपरिक्ष लिलाराज लामिछानेले जानकारी दिए ।
कुटपिटबाट गम्भिर घाइते भएका महतोको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचारको क्रममा ज्यान गएको हो ।