About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
सामुदायिक बनको खर्च विवरण सार्बजनिक गर्न वनका उपभोक्ताद्धारा माग

Darpanpost आइतबार, कार्तिक ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कावासोती, कार्तिक ११ ।

जनकल्याण सामुदायिक बन उपभोक्ता समिती कावासोती–१ नवलपुरले गरेको आम्दानी खर्च विवरण सार्वजनिक गर्न उपभोक्ताहरुले माग गरेका छन् ।

आज(आइतबार) कावासोतीमा पत्रकार सम्मेलन गरि उपभोक्ताहरुले बन समिती एकलौटी रुपमा चलेको भन्दै उनीहरुले समितिबाट भए गरेका कामकारबाहीका विषयमा सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् । सूचना पाउने प्रत्येक नागरिकको अधिकार रहेकाले उपभोक्ताहरुले पटक–पटक सूचना माग गर्दा पनि समितिले बेवास्ता गरेको उपभोक्ता डोल राज गैरैले आरोप लगाउनुभएको छ ।

 

गैरेसहित ७ जनाले गत असोज ७ गते डिभिजन बन कार्यालय कावासोती र वडाकार्यालयमा सूचना उपलब्ध गराउन माग गरेपनी कुनै सुनुवाइ नभएको भन्दै पत्रकार सम्मेलन गर्नुपरेको उनीहरुको भनाई छ । बन कार्यसमितिले साधारण सभाको निर्णयबिना एकलौटी ढंगबाट चलेको समेत उपभोक्ताहरुको आरोप छ ।

 

उनीहरुले वार्षिक कार्यक्रम र बजेटबाट तय गरिएको कार्यक्रम नगरी साधारण सभाको निर्णय विपरीत अन्य शिर्षकमा छुट्याइएको बजेट कटौती गरि भवन निर्माणलाई मात्र प्राथमिकता दिई एउटै शिर्षकमा बढी रकम खर्च गरिएको आरोप लगाएका छन् । सामुदायिक बन उपभोक्ता समूह आर्थिक कार्य्बिधि निर्दे्शिका २०७३ विपरीत बन बिकासमा २५ प्रतिशत र लक्षितबर्गलाई छुट्याईने ३५ प्रतिशत रकम अन्यन्त्र शिर्षकमा रकमान्तर गर्न नपाईने भनी उल्लेख भएपनि त्यो विपरीत समिती गएको उनीहरुको भनाई छ ।

 

उपभोक्ताहरु गैरेसहित कमान सिङ सुस्लिङ, खगेश्वर भुसाल, अमर सिङ्ग बिक, भिम बहादुर अधिकारी, अमर बहादुर बिक, र चुरामनी चापागाईंद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा सस्था पारदर्शिरुपमा अगाडी बढाउनुपर्ने माग समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com