About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
बिहादी गाउँपालिकाको वडा नम्वर–२ बर्राचौरलाई शुक्रबार पुर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ

Darpanpost शनिबार, कार्तिक १०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट / १० कात्तिक पर्वत  बिहादीगाउ“पालिकाको वडा नम्वर–२ वर्राचौरलाई शुक्रबार पुर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ । सरसफाईका न्यूनतम सूचकहरु पुरा गरेपछि पुर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको हो ।जिल्लाको चौथो पूर्ण सरसफाईयुक्त गाउँ घोषणा भएको छ । वडा समन्वय समितिको आयोजनामा आज एक समारोहको आयोजना गरि वर्राचौरलाई पूर्ण सरफाईयुक्र वडा घोषणा गरिएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले स्थानीयवासीहरुलाई सपथ ग्रहण गराई वडालाई सरसफाईयुक्त वडा घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै तिमिल्सीनाले सभ्य समाज निर्माण गर्ने अभियानमा सरसफाई महत्वपूर्ण पक्ष रहेको बताए । उनले समृद्धिका यात्राहरुमा सरसफाईमो भूमिकालाई बिशेष ध्यान दिनुपर्ने बताए । स्वास्च्छ वाताबरणमा वाँच्न पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार रहेको अध्यक्ष तिमिल्सीनाले बताउनुभयो । सरफाईको अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्न उहाँले स्थानीयवासीहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा प्रतिनिधीसभाका साँसद पदम गिरी, प्रदेशसभा सदस्य जुनादेवी नेपाली, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसाल, पौयु गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, नेकपाका नेता गोविन्द पहाडी, नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका सचिव विश्वप्रकाश प्रसाई, राष्ट्रिय जनमोर्चाका गोबिन्द पौडेल लगायतले कार्यक्रममा बोलेका थिए । कार्यक्रममा स्वागत गाउँपालिकाका उपाध्यक्ष डम्वरकुमारी गुरुङले गर्नुभयो । २०६७ साल चैत्र २५ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको बर्राचौरमा ३ हजार ४ सय ५१ जनसंख्या रहेको छ । कुल ४९३ घरधुरी रहेको यो वडामा ४ वटा विद्यालय रहेका छन् । सबै घरमा खानेपानी र सरसफाईको पहुँच पुगेको र नेपाल सरकारले तोकेका पूर्ण सरसफाईका सुचकहरु पुरा गरेको ग्यारेण्टि भएपछि पूर्ण सरफाईयुक्त वडा घोषणा गरिएको वडाध्यक्ष ओमप्रसाद कुँवरले जानकारी दिए । घोषणा अघि भएका विभिन्न गतिविधिको बारेमा वडाध्यक्ष कुँवरले उक्त अवसरमा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com