About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
एकैपटक सवै जिम्वेवारी आईलाग्दा जनअपेक्षा अनुसारको कार्य नभएको पूर्व सभामुख घर्ति मगरको दाबी

Darpanpost बुधबार, कार्तिक ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

परासी, ७ कात्तिक ।

पूर्व सभामुख एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की स्थायी कमिटी सदस्य ओनसरी घर्ति मगरले पार्टी एकिकरण र देश निर्माणको जिम्मेवारी एकैपटक आईलाग्दा जनअपेक्षा अनुसारको परिणाम देखिन ढिलाई भएको दाबी गर्नुभएको छ ।

 

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पश्चिम नवलपरासी शाखाको आयोजनामा सुनवलमा भएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै घर्तिले अब पार्टी एकिकरण प्रक्रिया सकिए लगत्तै नेकपा संस्थागत ढंगले सञ्चालन हुने बताउनुभयो । केही समयमै स्थानीय तहसम्मै पार्टी एकताको काम सकिने र पार्टीका नेताहरुमा जिम्मेवारी बाँडिने बताउँदै उहाँले त्यसलगत्तै नेकपा नेतृत्वको सरकारको कामले तीव्रता पाउनुका साथै अपेक्षाकृत नतिजा देखिन थाल्ने नेतृ घर्तिले बताउनुभयो । नेकपा प्रदेश नं ५ की अध्यक्ष समेत रहेकी नेतृ घर्तिले पार्टी एकतामा ढिलाई हुँदा सरकारको काममा पनि प्रभाव परेको स्वीकार गर्नुभयो ।

 

उहाँले अव नेकपाले संस्थागत निर्णय गर्दे सरकारको कामलाई प्रभावकारी बनाउन थालेपछि नेपाली जनताले नेकपाले जनताका लागि के गर्दैछ भन्ने कुरा स्पष्ट रुपमा देख्दै बुझ्दै जाने भन्दै विश्वस्त हुन पनि आग्रह गर्नुभयो ।

 

प्रेस संगठनका केन्द्रीय सदस्य गोपी ज्ञवालीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपाका नेता डिलाराम आचार्य, घनश्याम यादव, थानप्रसाद गैरे, राष्ट्रिय सभा सदस्य रामलखन हरिजन, पूर्व सभासद द्धय सिता बौडेल, दुलारी हरिजन लगायतका नेताहरुको पनि सहभागिता रहेको प्रेस चौतारीका जिल्ला सचिव मोहन पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com