About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पौरखी बचतद्वारा वृद्व-वृद्वा र अनाथ बालिकालाई न्यानो कपडा वितरण

Darpanpost बुधबार, कार्तिक ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, ७ कात्तिक ।

नवलपुरमा रहेको पौरखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वृद्व-वृद्वा र अनाथ बालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाको नवौ वार्षिकोत्सवका अवसरमा कावासोती १२ मा रहेको लक्ष्मी नारायण मन्दिर र आमा समकुमारी प्रधान वृद्वाश्रममा रहेका वृद्ववृद्वाहरु र अनाथ बालिकाहरुलाइ न्यानो कपडा वितरण गरेको हो ।

 

संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ४ जना अनाथ बालिका र ७ जना वृद्ववृद्वा गरि ११ जनालाइ एक/एक थान कम्बल र एक/एक वटा हलिक्स वितरण गरेको संस्थाका सामाजिक कार्यक्रम उपसमिति संयोजक खुमकान्त गौडेलले जानकारी दिनुभयो । न्यानो कपडा वितरण कार्यक्रममा सस्थाका अध्यक्ष यम बहादुर थापा, उपाध्यक्ष शालिकराम कोइराला, सचिव गंगाराम पाण्डे, पुर्व अध्यक्ष धनन्जय तिमिल्सिना, सल्लाहकारहरु ओभिदत्त सुवेदी, कुल बहादुर गुरुङ्ग, मन्दिरका संरक्षक एंंव पिठाधिस नारायण शरण काफ्ले, वाचक, मोहन शरण डुम्रे, संस्थाका पदाधिकारी, कायसमिति सदस्य कमचारीलगायतको सहभागिता रहेको थियो । वार्षिकोत्सवका अवसरमा सस्थाले मध्यविन्दु सामुदायिक अस्पताल डण्डा र कालिगण्डकी सामुदायिक अस्पताल कावासोतीमा उपचाररत विरामीहरुलाइ फलफुल र जुस समेत वितरण गरेको छ ।

 

यसैविच, संस्थाले विजया दशमी, शुभदिपावली, छठ, ल्होसार, नेपाल सम्बतलगायतका सबै नेपाली पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम पनि सम्पन्न गरेका छ । कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्यहरु, सल्लाहकार बिभिन्न उपसमितिका सदस्यहरु, कर्मचारी, पत्रकारलगायतले शुभकामना साटासाट गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष यम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com