About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
पाल्हीनन्दनमा सामुहिक आक्रमणमा एक जनाको ज्यान गयो, एकको अवस्था गंभिर ।

Darpanpost मंगलबार, कार्तिक ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी, ६ कात्तिक ।

नवलपरासीमा एक समुहको आक्रमणमा परेर एक पुरुषको मृत्यु भएको छ । आक्रमणमा एकजना गम्भीर घाईते भएका छन् । पूर्व रिसइबीका कारण उक्त समुहले पाल्हीनन्दन गाउँपालिका १ सुनरी बस्ने ३६ वर्षीय गणेश मल्लाहको हत्या गरेको हो । मल्लाह सो समुहकै एक सदस्य हुन् । पाल्हीनन्द गाउँपालिका ३ कुश्मा बस्ने ३६ वर्षीय नर्वदेश्वर चौहानलाई गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रहरीका अनुसार आक्रमण गर्ने समुह मृतक मल्लाह र घाइते चौहानका आफ्नै साथी हुन् । उनीहरु पहिलादेखि नै आलु, केरा, काठ लगायतका सामानहरुको व्यापार गर्दै आएका थिए । व्यापारकै सिलसिलामा उनीहरुबीच एक महिना अघि विवाद भई झगडा समेत भएको थियो ।

 

मल्लाह र चौहानसँग बदला लिने निहुँमा मल्लाह र चौहानमाथि सांघातिक आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणमा परि मल्लाहको मृत्यु भएको छ भने चौहान गम्भीर घाईते भएका छन् । उनको टाउकोमा चोक लागेको छ । उनी जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचारार्थ छन् । आक्रमण गरि हत्या गर्ने समुह अझै फरार रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com