About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
शिवबस्ती नवदुर्गा सामुदायिक पुस्तकालय ओझेलमा पर्दै

Darpanpost मंगलबार, कार्तिक ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, ६ कात्तिक ।

विगत पाँच वर्ष अगाडि कावासोती नगरपालिका–१५ मा स्थापना भएको शिवबस्ती नवदुर्गा सामुदायिक पुस्तकालय ओझेलमा पर्दै गएको छ ।

 

पूर्वपश्चिम राजमार्गको डन्डाबाट करिब ८ किलोमिटर दक्षिण कावासोती नगरपालिका १५ मा पर्ने पुस्तकालयको आयस्रोत नहुँदा ओझेलमा परेको हो । केही वर्ष पहिले भीडभाड देखिने पुस्तकालय आजभोलि सुनसान जस्तै बनेको छ । रिड नेपालको सहयोगमा स्थापना भएको पुस्तकालयमा विभिन्न प्रकारका एक हजार ६०० थान पुस्तक राखिएको छ भने इन्टरनेट समेत जोडिएको छ ।

 

पुस्तकालयबाट प्रौढ शिक्षा, कम्प्युटर तालिम र विभिन्न बालमैत्री कार्यक्रमहरु गर्दै आइएको थियो । अहिले पुस्तकालयमा रहेका ६ वटा कम्प्युटर र २ वटा ल्यापटप बिग्रेका छन् भने नेटमा समेत समस्या देखिएको छ । पुस्तकालयमा फ्रि इन्टरनेट जडान गरेकाले युवा तथा महिलाहरु त्यहाँ जाने गरेका थिए ।

 

पुस्तकालयमा प्लम्बिड., कृषि सम्बन्धी तरिका जस्तै कुखुरा फार्म, बुङ्गुर पालन, माछा पालन , मौसमी र बेमौसमी तरकारी लगायत विदेशमा जादा उपयोगी हुने पुस्तक समेत राखिएको थियो । तर, अहिले केही पुस्तक धमिराले खाएको पुस्तकालयका अध्यक्ष गुनबहादुर थनैतले जानकारी दिएका छन् । कावासोती नगरपालिका वडा नं १५ का मात्र नभइ अन्य ठाउँका बालबालिका समेत पुस्तकालयमा जाने गरेको भए पनि उचित संरक्षण नहुँदा बिग्रिएका सामग्री सम्भार र मर्मत नभएका कारण विधार्थीलगायत अन्य व्यक्ति पुस्तकालयमा जान कमी भएको पुस्तकालयका अध्यक्ष थनेतले बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com