About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
मेडिकल कलेजले फोहोर ब्यवस्थापन नगर्दा समस्या, स्थानिय आक्रोसित

Darpanpost मंगलबार, कार्तिक ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
कार्तिक ६ । रुपन्देहीको देवदहमा रहेको देवदह मेडिकल कलेजले ढल निकासमा ध्यान नदिएको भन्दै स्थानिय आक्रोसित भएका छन । कलेज प्रशाषन संग समस्या समाधानका लागि बारम्बार अनुरोध गरे पनि वेवास्ता गरेको उनिह?को दुखेसो छ । कलेज परीसरमा बर्षातको पानि जमेको र कलेजले सेफ्टी टेङ्की निर्माण नगरीएका कारण सौचालयको फोहोर मिसिएर महामारीको अवस्था सृजना हुने खतरा रहेको नमुना टोल विकास संस्थाका अध्यक्ष खड्ग बहादुर क्षेत्रले बताउनु भयो । मेडिकल कलेजको वेवास्ताका कारण विरामी झन बिरामी हुने अवस्थाएको स्थानिय ईश्वरी देवी वस्तीले बताउनु भयो ।

मेडिकल कलेजले छिटो समस्या समाधान गर्नु पर्ने उहाको माग छ । फोहोरका कारण स्थानियलाई समस्या भएकाले समाधानका लागि पहल गरीएको देवदह नगरपालिका वडा नम्बर ९ का अध्यक्ष केशव भट्टराईले बताउनु भयो । फोहोर ब्यवस्थापनका लागि आफुहरुले पहल गरे स्थानियले सहयोग नगरेको कलेज प्रशाषनको भनाई छ । कलेज प्रशाषनले प्रतिबद्धा जनाउने तर कार्यान्वयन नगर्ने कारण बारम्बार समस्या हुने गरेको स्थानियको भनाई छ । फोहोर ब्यवस्थापनका बिषयमा बारम्बार छलफल हुने गरेता पनि कलेज फितलो देखिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com