About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
नवलपुरको गैंडाकोटमा ४ लाख नगदसहित १५ जना जुवाडे पक्राउ ।

Darpanpost सोमबार, कार्तिक ०५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, ५ कात्तिक ।

नवलपुर जिल्लाको गैंडाकोटमा लाखौँ रुपियाँ नगदसहित १५ जना जुवाडे पक्राउ परेका छन् । गैंडाकोट नगरपालिका वडा नंबर १ ब्रिटिस क्याम्प नजिकै रहेको एक जिर्ण घरमा जुवा खेलिरहेका उनीहरुलाई सोमबार बिहान पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ४ लाख ७ हजार २ सय ४० रुपियाँ नगदसमेत बरामद गरेको छ ।

 

पक्राउ पर्नेहरूमा गैँडाकोट नगरपालिका वडा नंबर १ का ३९ वर्षीय रमेश श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका वडा नंबर २ का ५६ वर्षीय खुमप्रसाद, वडा नंबर ५ का ४५ वर्षीय विमल श्रेष्ठ, वडा नंबर ३ का २८ वर्षीय अनिल शाह, वडा नंबर ४ का ४८ वर्षीय श्याम लामा, वडा नंबर २ का २८ वर्षीय प्रदीप लामा, वडा नंबर ११ का ४२ वर्षीय निर्मल श्रेष्ठ, वडा नंबर १९ का ३९ वर्षीय कृष्णहरि शर्मा, वडा नंबर ४ का ३१ वर्षीय विकाश क्षत्री, वडा नंबर १० का ४० वर्षीय अशोक लामिछाने, वडा नंबर ४ का २९ वर्षीय गोपाल गौतम, चितवनकै रत्ननगर नगरपालिका वडा नंबर १४ का ३४ वर्षीय विशाल बस्नेत, सोही ठाँउका ३८ वर्षीय कुमार गुरुङ, ४८ वर्षीय बाबुराम अर्याल र लमजुङ जिल्ला बेशिशहर वडा नंबर २ बस्ने १८ वर्षीय विपिन गुरुङ रहेका छन् ।

 

पक्राउ परेका सबै १५ जनालाई ईलाका प्रहरी कार्यालय गैँडाकोटमा राखेर अनुसन्धान भैरहेको प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए ।

फाइल तस्बीर :

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com