About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
सुस्तापारिको जंगलमा हुने निहुरोले दसैंमा देशभरिका मुख्य बजार ओगट्यो ।

Darpanpost सोमबार, कार्तिक ०५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी, ५ कात्तिक ।

सुस्तापारिको भारतीय जंगलमा हुने निहुरोले दसैंमा देशभरिका मुख्य बजार ओगटेको छ । यहाँको जंगलमा प्रशस्तै पाइने निहुरोको माग दसैंमा अत्यधिक हुने गरेको छ । शाकाहारी हुन वा मांसहारी दसैंमा सागको माग बढी हुने भएपछि निहुरो सुस्तापारी भारतीय जंगलबाट ल्याइएको हो ।

 

भारतीयले दैनिक एक ट्रक निहुरो पारिपट्टिको भेडियारी नेपाली बजारका खरिदकर्तालाई दिन्छन । सुस्ताको निहुरोमा महिनाको लाखौं कमाउने बिचौलियाले सुस्तेली र भारतीयहरूसँग प्रतिमुठा ५ रुपैयामा खरिद गर्छन् र नेपाली बजारमा ५० रुपैयाँ प्रतिमुठामा बिक्री गर्छन् । सुस्ताको निहुरो भारतीय जंगलबाट टिपेर ट्रयाक्टरमा ल्याउँछन् । त्यहाँबाट नाउमा राखेर १७ सय मिटर लामो नारायणी तारेर नेपाली बजारमा लगिन्छ । नेपाली भूमि हुँदै सुस्ता आउजाउ गर्न नारायणी नतरी सुखै छैन । हिउँद बर्खा सधैंजसो निहुरोको माग अत्यधिक छ । नारायणी नदीवारि ल्याएपछि बिचौलियाको राज सुरु हुन्छ । हरेक साँझ एक ट्रक निहुरो नेपाली बजारमा लगिन्छ । काठमाडौं, बुटवल, पोखरा, नेपालगन्ज, नारायणगढको मुख्य तरकारी बजारमा यहाँको साग नै पुग्ने गर्दछ ।

 

ताजा र कुनै विषादी वा मलखाद नमिसाउने भएकाले त्यसको माग अत्यधिक रहेको छ । विषादी नमिसाउने र मल खाद्यको समेत प्रयोग नहुने भएकाले आर्गे्निक तरकारी (साग) का रूपमा बजारमा यसको माग सधंै एकनासको रहने स्थानीयको भनाई छ । भारतीयहरूले नखाने र सुस्तादेखि दक्षिण, पूर्व र उत्तरको भारतीय जंगलमा प्रशस्तै पाउने भएकाले यो बाह्रै महिना बिक्री हुने गरेको छ । वर्षादको समयको निहुरोमा जुकाले फुल पार्ने भएकाले स्वास्थ्यका लागि त्यति उपयुक्त नभए पनि त्यसको मागमा भने कहिल्यै कमी आउँदैन ।

फाइल तस्बीर :

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com