About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
बर्दघाट नगरपालिकाको एक पोखरीमा गोही भेटियो ।

Darpanpost आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, कात्तिक ४ ।
बर्दघाट नगरपालिका वडा नम्बर ५ खजुराको एक पोखरीमा गोही पसेको छ । वडा नम्बर ५ खजुरा बस्दै आएका विजय भट्टराईको पोखरीमा स्थानियले आज(आइतबार) दिउसो तिर गोही तैरिरहेको देखेपछी भट्टराईलाई खबर गरेका थिए । खबर पाए लगत्तै भट्टराईले आफ्नो पोखरीमा गोही पसेको देखेपछी स्थानिय सहित सम्बन्धित निकायलाई जानकारी गराउनुभएको थियो । खबर पाए लगत्तै आइतबार बर्दघाट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रेश्मीराज भट्राई, ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी, इलाका वन कार्यालय बर्दघाटका कर्मचारी लगाएत स्थानिय सहितको टोलीले गोही पसेको निजको पोखरीको अनुगमन गरेको थियो । अनुगमनको क्रममा गोही तैरिरहेको देखेपछी बर्दघाट वडा नम्बर ५ का वडाध्यक्ष भट्टराईले गोही जस्तो जलचरलाई सरक्षण गर्नु सबैको दायित्व रहेकोले उक्त गोहीलाई पोखरीबाट सुरक्षित तरिकाले निकालेर सम्बन्धित निकायलाई बुझाउनुपर्ने बताउनुभयो । उक्त गोहीलाई सोमबार सम्बन्धित निकायको उस्थितीमा पोखरीबाट निकालिने स्थानिय गोपाल पाण्डेले जानकारी दिनुभएको छ ।

फाइल तस्बीर ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com