About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
धूलाम्मे दाउन्ने सडक काट्न घण्टौं लाग्छ

Darpanpost शुक्रबार, कार्तिक ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कार्तिक २, २०७५ दशैंमा महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम गर्नेहरु नवलपरासीको दाउन्नेको धूलोमा घण्टौं जाममा पर्ने गरेका छन् । महेन्द्रराजमार्ग अन्तरगत बर्दघाट – दुम्किबास खण्डको १४ किलोमिटर सडक पार गर्न घण्टौं लाग्ने गरेको छ । अचाक्ली बाक्लो धूलोका कारण गाडीले दिउँसै बत्ति बाल्नपर्ने अवस्था छ ।
अत्यन्त घुमाउरो १९ वटा मोड रहेको दाउन्नेको १४ किलोमिटर पक्कि खण्ड मध्य १० किलोमिटर सडक पुरै भत्किएको र धूलैधूलोले भरीएको छ । राजमार्गमा २ फिट सम्मका खाल्डा परेको एक वर्ष भैसक्यो मर्मत गर्न सडक डिभिजन कार्यालय बेखबर र उदासिन छ ।

सडक कार्यालयले महेन्द्रराजमार्गमा खाल्डा परेको २४ घण्टा भित्र पुर्न पर्ने नियम रहेपनि त्यसको पालना भएको छैन । दशैं मान्न उक्त सडक खण्ड हुँदै ओहोरदोहोर गर्नेहरु काठमाडौंलाई बिर्साउने धूलो खान बाध्य छन् ।
“१२ महिना दिनहुँ सडक मर्मत गर्ने ज्यामीहरु सडकमा बेग्रल्ती देखिन्छन सडक पिच गरेको २ दिनपनि सडक टिक्दैन ।” अधिवक्ता पूर्ण चन्द्र शर्मा भन्छन यस्तो २४ घण्टा ब्यस्त रहने सडक पिच गर्दा र मर्मतका नाममा हुने भ्रष्टाचार छानविन हुन आवस्यक छ ।

गत वर्षको बाढीले भत्काएको दाउन्ने सडक खण्ड त्यसपछि दिनहुँ पिच भैरहेको देखिन्छ तर सर्लक्क पिच कतै छैन । बनाउँदै छ भत्किदै छ । यो सडकमा पक्कि बनाउंदा  र मर्मत गर्दा गुणस्तरहिन समानको प्रयोग भएकाले यस्तो बिजोग भएको उनी बताउछन् । सडक दिनहुँ बन्दै गरेको देखिन्छ एक दिन पनि टिक्दैन । त्यस्को सास्ती यात्रुले ब्यहोर्न बाध्य छन् ।

उक्त सडक खण्ड पर्ने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसि सडकको मर्मत सम्भार गर्ने नाममा निकै ठूलो अनियमितता भएकाले छाविन गरेर कारबाही गर्न पर्ने बताउंछन् । उनले पूर्वपश्चिमको ब्यस्त सडकमा गरिएको ढलान समेत १ महिना नटिक्ने खालको भएको बताए । वर्षौ देखि यहि अवस्था रहनुले यात्रुले घण्टौं बिताउन पर्दा हैरान भएर सडकलाई बारम्बार ताकेता गर्दा पनि टेर पुच्चछर नलागेको उनको भनाई छ । धूलै धूलोका कारण दिउंसै बत्ति बाल्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरीको भनाई छ । मोडमा धूलोले दुर्घटना बढने जोखिम उत्तिकै छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com