About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
चितवनको जलविरेमा बस दुर्घटनाः तीन जनाको मृत्यु, २० बढि घाईते

Darpanpost शुक्रबार, कार्तिक ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कार्तिक २ ।

चितवनको जलविरेमा आज विहान यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने २० जना भन्दा बढि घाईते भएका छन् ।

आज विहान २ः३० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ जलविरे स्थित सडकबाट ४०/५० मिटर तल जलविरे खोल्सामा बस खस्दा सो दुर्घटना भएको हो । काकँडभित्ताबाट पोखरा तर्फ जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बसमा २५/२६ जना यात्रु मध्ये तीन जनाको घटनास्थलमै ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा झापाको मेची नगरपालिका–८ बस्ने वर्ष ३५ का उदयमान राजवंशी रहेका छन् । मृतक मध्ये अन्दाजी वर्ष २५/२६ र वर्ष ४०/५० अन्य दुई जना पुरुषको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घाईते सबैको भरतपुरका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।

चितवनको कुरिनटार नजिकै केहीदिन अघि भ्यान र दुध बोक्ने ट्यांकर ठोक्किदा पनि तीन जनाको ज्यान गएको थियो । दशैंको बेला चितवनमा धेरैजसो दुर्घटना हुने गरेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com