असोज २९,नवलपरासी । पश्चिम नवलपरासी मा कपडा र मकै प्रहरीले बरामद गरेकाे छ ।जिल्ला काे सिमा प्रहरी चाैकि महेसपुरले २ लाख बराबरको कपडा र मकै बरामद गरिएकाे सिमा प्रहरी चाैकिले जनाएकाे छ । प्रहरी सहायक निरिक्षक मिनराज पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ भक्सीपुरबाट २ लाख रुपैया बराबरको कपडा र मकै बरामद गरेको हो ।
हिजाे राति नेपालबाट भारत भित्राउदै गरेको ५ सय ५० किलो मकै र भारतबाट नेपाल ल्याउदै गरेको २४४ पिस सुट, १२२ पिस साडी प्रहरीले बरामद गरेको सिमा प्रहरी चाैकिकाे प्रहरी निरिक्षक केशव ज्ञवालीले बताए । ज्ञवालीका अनुसार तस्करहरुले प्रहरीलाई देखेर समान फालेर भागेका थिए ।पटक पटक बिभिन्न सन्चार माध्यम मा कपडा तस्करी काे समाचार अाईरहदा प्रहरी सक्रिय भएकाे छ ।सामान बरामद हुदा पनि तस्करहरु कहिले पनि नसमातिनु ले स्थानियहरुले प्रहरीमाथि नै शका गर्न थालेका छन ।पछिलाे समयमा नवलपरासी काे महेशपुर ,भुजहवा ,बसहिया ,झुलनिपुर ,पकलिहवा लगायतकाे ठाउबाट धमाधम तस्करी भईरहेकाे स्राेतले बताएकाे छ ।