About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
डेढगाउ बृहत खानेपानी आयोजनाको काममा ढिलाई, ६ वर्षमा ३५ प्रतिशत मात्रै काम ।

Darpanpost आइतबार, आश्विन २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

२८ असोज, नवलपरासी ।।  नवलपरासी  पूर्वको बौदीकाली गाउपालिकाको डेढगाउमा निर्माणाधिन डेढगाउ बृहत खानेपानी आयोजनाले गती लिन नसक्दा यहाका बासिन्दा शुद्ध खानेपानीबाट बञ्चित हुदै आएका छन । पा“च वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि शुरु गरिएको आयोजना छ वर्ष बित्ता पनि अझै पुरा भएको छैन । साविकको डिभिजन खानेपानी कार्यालय परासीले १२ करोण रुपैया बजेट बिनियोजन गरेर काम शुरु गरेको भए पनि पा“च वर्षमा जम्मा ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको डेढगाउ बृहत खानेपानी आयोजनाका सचिव छविलाल ओझाले जानकारी दिए । आयोजना अन्तरगत अहिलेसम्म खानेपानीको बा“धमा ईन्टेक निर्माण , कलेक्सन चेम्बर निर्माण र दुई किलोमिटर पाईप बिछ्याउने मात्रै काम भएको छ । शुरुमा सर्वे गर्दा डेढगाउमा १० हजार घनमिटरको एउटा ठूलो ट्याङ्ककी निर्माण गर्ने योजना बनाईएकोमा पछि उक्त योजना समेत भौगोलिक विकटताले गर्दा उपयुक्त नहुने भन्दै परिमार्जजन गरिएको छ । पछिल्लो सर्वे अनुसार आयोजनाभित्र पर्ने विभिन्न १५ वटा स्थानमा १० देखि १५ घनमिटरका साना साना ट्याङ्की निर्माण गरेर पानी वितरण गर्ने योजना बनाईएको छ । साविकको रुचाङ्ग गाविसमा पर्ने बेतेनी खोलाको मुहानबाट पानी ल्याएर साविकको डेढगाउ गाविस र साविकको रकुवा गाविसको आठ नम्बर वडा र नौ नम्बर वडाको आधा घरधुरी गरि कम्तीमा नौ सय घरधुरी लाभान्बित हुने लक्ष्य सहित आयोजना शुरु गरेको भए पनि निर्धारित समयभित्र योजना सम्पन्न नहुदा यहाका बासिन्दा निरास समेत भएका छन । ‘ घरघरमा धारा आउछ शुद्ध खानेपानी खान पाई्न्छ भन्ने थियो तर अब त आश पनि मरयो ’ डेढगाउकी श्यामकुमारी बिसीले गुनासो पोखिन । पहाडी क्षेत्र भएकाले यहाका बासिन्दालाई खानेपानीको समस्या सधैको समस्या हो । खोला र खोल्साखाल्सीबाट एकडेढ घण्टा हिडेर पानी बोकर ल्याउनुपर्ने अवस्था रहेको छ । त्यसमा पनि हिउदको समय मुहान सुक्दा पानीको हाहाकार नै हुने गरेको बिसी बताउछिन । डिभिजन खानेपानी कार्यालय परासीको कारणले गर्दा समयमा नै आयोजना पुरा हुन नसकेको सचिव ओझाको आरोप छ । पटक पटक ताकेता गर्दा पनि काम गर्न ढिलाई गरिदिदा आयोजनाले गती लिन नसकेको उनी बताउछन । प्रतेक वर्ष थोरै थोरै बजेट निकास गरिदिने जसले गर्दा आवश्यक सबै सामाग्री खरिद गर्न नसक्दा काम अलपत्र पर्दै आएको ओझाले बताए । अहिलेसम्म एक करोण १५ लाख रुपैया खर्च भईसकेको छ । पहिलो वर्ष पा“च लाख , दोश्रो वर्ष १२ लाख , तेश्रो वर्ष १५ लाख , चौथो वर्ष २४ लाख र गत वर्ष ५९ लाख रुपैया निकासा भएको ओझाले बताए । ‘ छिट्टो काम सम्पन्न गर्न भनि परासी पनि पटक पटक धायौ , काठमाण्डौ पनि चार पटक धायौ सबैले हुन्छ हुन्छ भन्छन तर काम भने हुन सक्दैन । ’ ओझो भने । समिती मार्फत् काम गर्न नदिने र आफुले पनि काम नगरिदिदा समस्या भएको उनी बताउछन । डिभिजन खानेपानी कार्यालय परासीले केहि दिन अघि मात्रै ९० मीटरका २ सय १६ थान फलाम पाइप पठाएको छ । केहि पोलिथिन पाईप कावासोतीको डण्डामा महिनौ अघिदेखि थन्किएको छ । शुरुमा बनाईएका संरचनाहरु समेत जिर्ण बन्दै गएको र सामाग्री समेतमा खिया लागेको छ ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com