टंक सुनार
असोज २७ । देवदह नगर प्रमुख हिरा बहादुर खत्रीले नगरपालिका उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरेर अघि वढीरहेको बताउनु भएको छ । भ्रष्टचार मुक्त समाज निर्माण गर्न आफुले मात्रै नसक्ने भन्दै सबैको साथ आवश्यक भएको बताउनु भयो । शनिबार रुपन्देहीको देवदहमा मन्दिर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाले नागरीक सचेत नभए सम्म भ्रष्टाचार उन्मुलन गर्न असम्भव भएको उल्लेख गर्दै जनस्तरबाटै सुधारको खाचो औँल्याउनु भयो ।
फरक प्रशंगमा नगरप्रमुख खत्रीले वैदीक धर्मग्रन्थहरुमा देवताको भन्दा देवीको वढी महिमा उल्लेख गरीएको बताउँदै अध्यनको अभावका कारण नेपाली समाज पछि परेको बताउनु भयो । जनगणनामा पुरुषको भन्दा महिलाको संख्या धेरै देखिए पनि महिलाहरुको स्थीती दयनिय रहेको उहाले बताउनु भयो । महिलालाई सम्मान र नेतृत्व दिन सकेका खण्डमा मात्रै मुलुकको विकास हुन सक्ने उहाको भनाई थियो । समाजसेवी रमेश पौडेलले करीब तीन लाख ५० हजार लागमा निर्माण गरीएको गणेश मन्दिर माथागढी मन्दिर ब्यवस्थापन समितीलाई हस्तान्तरण गर्नु भएको हो । पितृको स्मृतीमा समाजमा नैतिक चेतना फैलाउने उद्धेश्यले ब्यक्तिगत लागतमा मन्दिर निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेको पौडेलले बताउनु भयो ।