About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
बार्षीक साधारण सभा सम्पन्न

Darpanpost शनिबार, आश्विन २७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

२७ असोज, कावासोती
माधव अधिकारी ।।

नवज्योती वचत तथा ऋण सहकारी संस्था लि. कावासोती ८ ले पनि आफ्नो १४औँ बार्षीक साधारण सभा सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष हिममायाँ तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवलपुर क्षेत्र नं. २ का संघिय सांसद माननीय तिलक महतको प्रमूख आतिथ्यता रहेको थियो ।

त्यस्तै विशिष्ट अतिथिमा गण्डकी प्रदेश कि सांसद माननीय ओमकला गौतम र विशेष अतिथिहरुमा कावासोती नगरपालिका प्रमूख चन्दा कुमारी पुन, युवा तथा व्यवसायी स्वरोजगार कोषका सदस्य सचिव प्रितम भुजेल,स्थानिय समाजसेवी शेर बहादुर गिरी उहाँकी धर्मपत्नी कावासोती ८ कि जनप्रतिनिधि मिठुमाया गिरी, लगायत रहनुभएको थियो । कार्यक्रममा गिरी दम्पतिले संस्थाका लागि जग्गा हस्तान्तरण समेत गरेका थिए ।

यता, किसान बचत तथा ऋण सहकारी संस्था लि. कावासोती ८ को २३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पूर्ण प्रसाद न्यूरेको सभापतित्वमा भएको कार्यक्रममा कावासोती नगरपालिकाका उप मेयर प्रेम शंकर मर्दनिया प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले सहकारी संस्थालाई घुम्ति कोषको रुपमा अगाडी बढाउदै एक घर एक रोजगारको शुनिश्चितता गर्न जरुरी धारणा व्यक्त गर्नुभयो । यस्तै उहाँले सहकारी संस्थाको विकासको लागि स्थानिय सरकार सदैव प्रतिवद्ध रहेको समेत बताउनुभयो । कार्यक्रममा पशुपति पोख्रेले आर्थिक बर्ष २०७५÷०७५ को बार्षीक प्रतिवेदन प्रस्त्ुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कावासोती शाखा प्रमुख डिल्लिराम न्योपानेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट समूहको रुपमा सिद्धेश्वर किसान समूह ला्रइ सम्मान गरिएको थियो । यस्तै असल ऋणी ३ जनालाइ र बाल बचत तर्फ सिर्जना न्यूरेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न संस्थाका प्रमूख तथा प्रतिनिधि हरुको सहभागिता रहेको थियो । संस्थाका सह संयोजक यम नारायण चालीसेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य हेमलाल चापागाइले गर्नुभएको थियो ।
कार्यक्रम गण्डकी इङ्गलिस बोर्डिङ्ग स्कुलको प्राङ्गणमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com