About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सहकारी आर्थिक विकासको माध्यम : मन्त्री गिरी

Darpanpost आइतबार, आश्विन २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
असोज २० । प्रदेश नम्बर ५ का पर्यटन उद्योग तथा वातावरण मन्त्री लिला गिरीले सहकारी आर्थिक विकासको माध्यम भएको बताउनु भएको छ । शनिबार रुपन्देहीको देवदहमा देवदह बचत तथा सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा कार्यक्रममा बोल्दै उक्त बताउनु भएको हो । सरकारले ती खम्बे अर्थनिती लिएको उल्लेख गर्दै सहकारी नियम बनाउनु आवश्यक भएको बताउनु भयो । उहाले सहकारीले बचत र ऋण लगानी गर्ने मात्रै काम गरेका कारण सरकारले कर लगाउनु स्वभाविक भएको बताउनु भयो । मन्त्री गिरीले सहकारीले उद्योग पर्यटन कृर्षि लगायतका क्षेत्रमा हात हाल्नु पर्ने र यसको नेतृत्व लिनु पर्नेमा जोड दिनु भयो ।

सोही कार्यक्रममा बोल्दै रुपन्देहीका प्रदेश सांसदहरु दधिराम न्यौपाने र डा.कृष्ण न्यौपानेले सहकारीले छरीएर रहेको पुँजि एकिकृत गरेर सामाजिक न्यायको पक्षमा खर्च गर्नु पर्ने बताएका थिए । सहकारीको माध्यमबाट ससारका गरीब भन्दा गरीब राष्ट्रले आर्थिक सम्बृद्धी हासिल गर्न सफल भएको उल्लेख गर्दै नेपालले पनि यसबाट शिक्षा लिनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com