टंक सुनार
असोज २१ । रुपन्देहीको देवदहमा पाँचौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृर्षि तथा पर्यटन महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघको आयोजनामा देवदहमा मण्डप घोडाहामा मेलाको आयोजनामा मेलाको आयोजना गर्न लागिएको हो । फागुन १६ गते देखी २७ गते सम्म संञ्चालन हुने मेलाको तयारी थालिएको आयोजकले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष गोपाल प्रसाद ढकालले मेलाले औद्योगिकीकरण, ब्यापार विविधिकरण, कृर्षिमा आधुनिकीकरण, बजार ब्यवस्थापन, कृषकलाई उपकरणका बारेमा जानकारी दिन , देवदह क्षेत्रको ऐतिहासिक स्थलहरुको संरक्षण र प्रचार प्रसारको माध्यमबाट पर्यटन विकासमा जोड लगाय क्षेत्रमा टेवा पु¥याउने जानकारी दिनु भयो ।
विगतको निरन्तरताको रुपमा मेलाको आयोजना गर्न लागिएको भए पनि यस पटकको मेलालाई पृथक बनाउने प्रयास गर्ने बताउनु भयो । उहाले मेला स्थलको भौतिक संरचना निर्माणका लागि नगरपालिका संग समन्वय गरेर काम गर्ने बताउनु भयो । मेलामा ३ सय ५० स्टल रहनेछ द्धने करीब ३ लाख दर्शक भित्रने र ३ करोड बढीको कारोबार हुने आयोजकको अपेक्षा छ । २०७१ सालमा उद्योग ब्यापार संगठन देवदहले सुरु गरेको मेला,ब्यापार संघ देवदह र उद्योग वाणिज्य संघ देवदह गरी तीन वटा ब्यापारीक संस्थाले आलोपालो गरी आयोजना गर्दै आइरहेका छन ।