About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
वैस्ट दाङ सिङ्गिङ एण्ड डान्सिङमा अब २० जना

Darpanpost आइतबार, आश्विन २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अर्जुन परियार,

हापुरे दाङ, २१ असोज । पस्चिम दाङमा पहिलो पटक सुरु भएको वैस्ट दाङ सिङ्गीङ एण्ड डान्सिङ स्टार टु थाउजेन्ट सेभेन्टि फाईभ पस्चिम दाङ स्तरिए गायन तथा नृत्य प्रतियोगिता २०७५ को डाइमन्ड राउण्ड हिजो सनिबार हापुरेमा सम्पन्न भएको छ । गत भदौ २७ गतेबाट अडिसन सुरु गरेको पस्चिम दाङ स्तरिए गायन तथा नृत्य प्रतियोगिता २०७५ मा गायन र नृत्य बिधामा एक सय १२ जना नब प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । अडिसन राउन्डबाट पास भएका मध्यबाट सिल्भर र गोल्डेन राउन्ड पास गरेर नृत्य तर्फ ४० जना र गायन बिधा तर्फ २१ जना प्रतिस्पर्धीहरुले डाइमण्ड राउन्डमा स्थान बनाउन सफल भएका थिए । हिजो सम्पन्न भएको डायमण्ड राउन्डबाट गायन बिधामा १० र नृत्य बिधामा १० जना टप टेनको रुपमा पर्न सफल भएका छन । टपटेनको रुपमा गायन बिधाबाट सविना वली, मुकेश विक, निर्मल परियार, गोबिन्दबाबु बिक, गंगा बिक, पोषण बिक, गोबिन्द बिक, संगम बिक, भरत केसी र डम्बर रसाईली पर्न सफल भएका छन भने नृत्य बिधाबाट मनिषा डांगी,गरीमा वली, शुष्मा घर्ति, अमृता पुन,पुजा बिक, रमा भण्डारी, आकृति खत्री, डिला विक, रुनिमा पुन र निर्मला दिश्वा मगर टपटेनमा पर्न सफल भएका छन् ।

टपटेनमा पर्न सफल प्रतिस्पर्धीले आउदो असोज २८ गते देखी ३१ गते सम्म हापुरेमा सञ्चालन हुने बडादशैँ बिषेश सांस्कृतिक कार्यक्रममा प्रतिस्पर्धा गराएर बिजेता उपबिजेता घोषना गरिने कार्यक्रमका नृत्य संयोजक झग्गु भण्डारीले जानकारी दिनु भएको छ ।
संयोजक भण्डारीका अनुसार गायन र नृत्य बिधामा बिजेता बन्नेले २१ हजार १ सय ११ नगद सहित ट्रफि प्रमाणपत्रर गायन तर्फको बिजेताले एउटा एल्बम रेकर्डिङको अबसर र नृत्यको बिजेताले एउटा गितमा म्यूजिक भिडियोको अबसर प्राप्त गर्ने बताइएको छ ।।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com