दिपेश विश्वकर्मा २० असोज २०७५ पर्वत ।
कञ्चनपुरमा वलत्कार पछाडि हत्या गरिएकी १३ वर्षिया निर्मला पन्तको हत्याभएको करिव २ महिना वितिसक्दा पनि हत्यारा पत्ता नलागेको विरोधमा पर्वतमा साहित्यकारहरु सडकमा उत्रिएका छन् । शनिवार पर्वतको कुस्मावजारको लोकतान्त्रिक चोकमा साहित्यकारहरु नारि हिँसा विरुद्धको व्यानर सहित छिटोभन्दा छिटो कार्वाहिको माग गर्दै आफ्ना आक्रोशित सिर्जनाहरु प्रस्तुत गरेका हुन् । नमुना साहित्य मञ्च नेपालले आयोजना गरेको दवावपुर्ण नारी हिंसा विरुद्धको सडक रचनावाचन कार्यक्रममा पर्वत, वाग्लुङ, म्याग्दि, कास्कि, लगायतका सर्जकहरुले आफ्ना रचना वाचन मार्फत निर्मलाको न्यायको माग गरेका छन् । कार्यक्रममा प्रमुख अतिथी प्रगतिशिल वाङमय प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा ¥याण्डम रिर्डस सोसाइटि पर्वतका सचिव युवा साहित्यकार शंकर गिरीले पन्त हत्याराको यथासिघ्र छानविन गरि कानुनको कठघरामा उभ्याउनु पर्ने भन्दै हत्याकाण्डको प्रमाण नष्ट गर्नेमाथि कार्वाही गर्नुपर्ने वताए। गिरीले देशमा दुई तिहाई वहुमतको कम्युनिष्ट सरकार हुँदा पनि हत्यार पत्ता नलाग्नु दुखद खबर रहेको वताए । सो कार्यक्रममा नमुना साहित्य मञ्चका सल्लाहकार निर्मल पौडेल एनपि घायल, मित्रलाल अज्नवी,संस्थाका सचिव प्रकाश तिवारी,कोषाध्यक्ष विनिता हमाल ठकुरी,सर्जकहरु भुमि सुवेदी, दिपसागर पौडेल ,ठाकुर रसाईली, वचन अधिकारी अन्जान, राधा नेपाली लगायतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । सर्जकका सिर्जनाहरुमा पन्तको हत्याराको यथासिघ्र छानविन हुनुपर्ने, वर्तमान समयमा नारिहरुको वढ्दो असुरक्षा,हत्याहिंसाले चरम सिमा नागेको, दोषिलाई कार्वाहि नभएको प्रति आक्रोश व्यक्त लगायतका भाव वोकेको झल्किन्थ्यो । नमुना साहित्य मञ्चका अध्यक्ष विश्व समर्पित विमसको अध्यक्षता ¥याण्डम रिर्डस सोसाइटि पर्वतका सचिव शंकर गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन मानव अधिकारकर्मी शिव परियार यामले गरेका थिए ।