About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
निर्मला पन्तको न्याय माग्दै दाङमा प्रर्दशन

Darpanpost शनिबार, आश्विन २०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

देवी भण्डारी
 २० असोज, दाङ ।  निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आज दाङ लगायत देश भर प्रदर्शन भएको छ । प्रर्दशनकारीले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गर्न समेत माग गरेका छन् । घोराहीको तुल्सीपुर चोकबाट निकालेको र्यालिले बजार परिक्रमा गरी जिल्ला प्रशाशन कार्यलय मार्फत प्रधानमन्त्रीको कार्यलयमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले निर्मला पन्तको हत्यारालाई पहिचान गर्न नसक्दा सरकार आफै लज्जीत भएको भन्दै हत्या बलत्कारमा घटनाको छानविनमा सरकार लागी परेको बताउनु भयो । साथै उहाँले दाङ लगाएत देशैभर यस्ता घटनाहुन नदिन सबैले हालेमालो गर्नु पर्न बताउनु भएको थियो ।

त्यस्तै राष्ट्रिय अभियान अन्र्तगत समग्र महिला हिंसाका घटना तथा बलत्कारका घटनाको विरुद्ध प्रर्दशनमा उत्रियको महिला मानव अधिकार रक्षक संजाल केन्द्रिय सचिव लक्ष्मी आचार्यको भनाई छ । घोराहीमा रहेको सर्वाेदय बालक्लब तथा महिला अधिकार कर्मीहरुको अगुवाईमा प्रर्दशन गरिएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com