About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
तेस्रोराष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आज देखि बुटवलमा सुरु ।

Darpanpost शुक्रबार, आश्विन १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / बुटवल -१९ ,असोज । ( दर्पण पोस्ट )  प्रदेश नम्बर ५ को व्यापारी केन्द्र अर्थात रुपन्देहीको बुटवलमा आज देखि  सुरु भएको स्वाधिन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ भन्ने मुख्य नाराकासाथ आयोजना गरिएको तेस्रोराष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आज देखि बुटवलमा शुरु भएको । उद्योग व्यापार संघ बुटवल रूपन्देहीको आयोजना तथा जिल्ला समन्वय समिति रूपन्देही र बुटवल उपमहानगरपालिकाको प्रवद्र्धनमा आज बाट सुरु भएको औद्योगिक प्रदर्शनी मेला यही असोज २८ गतेसम्म बुटवल मण्डपमा सञ्चालन हुनेछ ।
मेलाको आज एक कार्यक्रमका बीच प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले दिनको ११ बजे उद्घाटन गर्नुभएको थियो ।
आज बिहान साढे ८ बजे प्रदर्शनी स्थल बुटवल मण्डपबाट सचेतना मुलक झाँकी सहितको ¥याली निकालिएको थियो । ¥याली बुटवल नगरपरिक्रमापछि प्रदर्शनी स्थलमा समापन हुने प्रचार प्रसार उप समितिका संयोजक नेत्र रुचालले जानकारी दिए । औद्योगिक उत्पादन, कृषि उत्पादन, अटोमोवाईल्स, गार्मेट, खाद्यान्न, फूटवेयर लगायतका विभिन्न प्याभिलियन बनाइएको छ भने दशैं सस्तो बजारको लागि छुट्टै प्याभिलियन बनाइएको छ ।

प्रदर्शनीको मुख्य आकर्षण नौ तले धरहराको उद्घाटन पछि सर्वसाधारणको लागि खुल्ला गरिने मेलाका अर्का संरक्षक तथा निवर्तमान अध्यक्ष खेम श्रीसले बताए । करिब २२ लाख रूपैयाँ खर्च गरे भूकम्पले ध्वस्त भएको धरहराको प्रतिरूप प्रदर्शनी स्थलमा निर्माण गरिएको छ ।

प्रदर्शनी स्थलमा ४ सय १५ भन्दा बढि स्टल रहेको प्रदर्शनीका संरक्षक तथा पूर्व अध्यक्ष खिम नारायण पराजुलीले बताए । स्टलको सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदर्शनी स्थल पुरै सिसिटिभीको निगरानीमा रहेको छ भने चौबिसै घण्टा आन्तरिक सुरक्षा गार्ड खटाइएको छ । मेला सांस्कृतिक मय बनाउने उदेश्य ले राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक संयोजक एवं संघका उपाध्यक्ष सिताराम रसाईलीले जानकारी दिए । प्रदर्शनीको मुख्य आकर्षण नौ तले धरहराको उद्घाटन पछि सर्वसाधारणको लागि खुल्ला गरिने मेलाका अर्का संरक्षक तथा निवर्तमा
मेलामा हजारौं ले अवलोकन गर्ने र २० करोड भन्दा बढीको कारोबार हुने बताएको छ ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com