About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
अलपेस्वर गुफा परिसरमा सरसफाइ गरेर मानाइयो पर्बतमा पर्यटन दिबस

Darpanpost बिहिबार, आश्विन ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत । बिहिबार ३८ औं विश्व पर्यटन दिवस मनाउन भेला भएका पर्यटन व्यवसायी र सरोकारवालाले पर्वतलाई चिनाउने हो भने कुश्माका चारवटा गुफा समेटेर सर्किट रुट आवश्यक पर्ने बताए । पर्वत पर्यटन प्रवर्धन केन्द्रले कुश्मा–९ को अलपेश्वर गुफामा आयोजना गरेको अन्तरकृयाका सहभागिले विश्वका विकसित देशमा पर्यटनका क्षेत्रमा भएका असल अभ्यासको चर्चा मात्रै गरेनन्, हामीले यहा“ आउने आन्तरिक पर्यटकको मानमर्दन गर्न सकेमात्रै कुश्माको एक तिहाई अर्थतन्त्र पर्यटकले धानिने दाबी गरे । थाइल्याण्डको ३० प्रतिशत अर्थतन्त्र पर्यटनबाट धानिएको स्मरण गर्दै समाजशास्त्री एवं नेकपाका नेता गोबिन्द पहाडीले पर्यटकका लागि गर्ने व्यवहारले व्यवसायिक जग बस्ने बताए ।पर्यटनको विकासका लागि प्रवर्धनात्मक, पुर्वाधार र व्यवसायलाई मुख्य आधार बनाएर काम गर्नुपर्नेमा उद्योग बाणिज्य संघका ठाकुर बि पौडेलले जोड दिए । अलपेश्वर धार्मिक पर्यटन विकास समितिका संयोजक प्रेमनारायण अधिकारीले अलपेश्वर, पार्वती, लालेश्वर र गुप्तेश्वर गुफासंग पौराणिक इतिहास जोडिएको बताए । अलपेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष सुरेस पिसीले गुफाको चर्चा बमोजिम विकास र आगन्तुकको ध्यान खिच्न नसकिएको बताए ।

‘पर्यटन प्रविधिसंग रुपान्तरण’ यस वर्षको पर्यटन दिवसको नारा व्यवहारमै लागु गर्न स्थानीय स्तरबाटै कदम चाल्नुपर्ने पर्वत पर्यटन प्रवर्धन केन्द्रका अध्यक्ष शिव पौडेलले बताए । ‘प्रविधिले अहिले विश्व धेरै नजिक छ,’ पौडेलले भने, ‘हामी परम्पराबादी सोंचमा अल्झिइरहेका छौं । एउटा फोटोले मात्रै विश्वमा चर्चा हुन्छ । हामीले त्यसो किन नगर्ने ?’ कार्यक्रममा कुश्मा–९ का वडाध्यक्ष कृष्ण शर्मा लामिछानेले अब कुश्मा नगरपालिकाले पर्यटनको छुट्टै गुरुयोजना बनाउनुपर्ने बताए । कुश्माका अग्ला पुल र गुफाको प्रवर्धन मात्रै गर्न सके पनि आर्थिक उपार्जन हुने उनले बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com