About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
उखुकाे भुक्तानी नपाएकाे भन्दै अनिश्चित कालिन राजमार्ग बन्द गर्ने

Darpanpost बुधबार, आश्विन १०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

असाेज १० सुस्ता पश्चिमी नवलपरासी ।  सुस्ता पश्चिम नवलपरासी का किसानहरुले १बर्ष हुन लाग्दा पनि भुक्तानी नपाएकाे भन्दै उखु किसानहरुले महेन्द्र राजमार्ग अनिश्चित काल काे लागि ठप्प पार्ने बताएका छन ।उखु किसानहरुले उखु बेचेकाे १ बर्ष पुग्दा पनि रकम भुक्तानी नपाउदा चाडपर्व तथा घर परिवार चलाउन समस्या भईरहेकाे बताएका छन ।असाेज ६ गते बेलाटारीमा भएकाे किसानहरुकाे भेलाले राजमार्ग बन्द गर्ने निर्णय गरेकाे अाज गाेपिगन्जमा पत्रकार सम्मेलन गरि उखु उत्पादक कृषक समिति नवलपरासी का अध्यक्ष उमेशचन्द्र यादव ले बताउनु भएकाे छ।माग ।बिगत बर्षकाे सम्पूर्ण उखु किसानहरुकाे भुक्तानी अबिलम्ब हुनु पर्ने ,नेपाल सरकारबाट किसानहरुलाई दिईने अनुदान रकम मुल्य सगै समायाेजन गरि एकमुस्ट भुक्तानी दिनु पर्ने र यस बर्षकाे उखुकाे न्युनतम समर्थन मुल्य सरकारले ताेकि भुक्तानी गर्ने तालिका समेत प्रकाशन गरिनेपर्ने लगायतका किसानहरुकाे माग रहेकाे छ।बाग्मति सुगर मिल्स कुडियाकाे २८ कराेड ईन्दिरा सुगर मिल्स गगापुरकाे १७ कराेड र लुम्बिनी चिनि मिल्स काे १ कराे ५० लाख रकम भुक्तानी गर्न बाकि रहेकाे छ। असाेज १२ गते देखि बर्दघाट मा महेन्द्र रानमार्ग माग पुरा नभएसम्म अनिश्चित काल काे लागि बन्द गर्ने यादव ले बताउनु भयाे ।कार्यक्रम मा पुर्व सासद देवकरण कलवार ,बिक्रम खनाल लगायत ले बाे ल्नु भएकाे थियाे।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com