About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
शिवालय मावि व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीको जन्मोत्सवमा विधार्थीहरुलाई सरसफाईका सामग्री वितरण

Darpanpost आइतबार, आश्विन ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दिपेश विश्वकर्मा पर्वत,७ असोज २०७५
शिवालय मावि कुस्माका विधालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीले आफ्नो शुभ जन्मोत्सवको अवसरमा विधार्थीहरुलाई सरसफाईका सामाग्रीहरु वितरण गरेका छन् । आईतवार विधालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी गिरीले कक्षा ५ मा अध्ययनरत सम्पुर्ण विधाथीहरुलाई सरसफाईका सामानहरु वितरण गर्नुभएको छ । विभिन्न व्याक्तित्वहरुले जन्मोत्सवमा फजुल खर्च गरेर मनाईरहेको यो परिवेशमा गिरीले जन्मदिनमा पार्टि र भोजमा गरिने खर्चले सरसफाईका सामाग्री किनेर विधार्थीहरुलाई वितरण गरेका हुन् ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी विधालयका संस्थापक अध्यक्ष तोयानाथ चालिसेले गिरीलाई शुभ जन्मदिनको शुभकामना दिँदै जन्मोत्सवको अवसरमा गरिने खर्च वापतको रकमले विधालय जस्तो पवित्र मन्दिरमा विधार्थीहरुलाई सरसफाईका सामाग्री वितरण गरिएको कार्य निकै सह्रानिय भएको वताए । कार्यक्रममा पर्वत उद्दोग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा, पुर्व अध्यक्ष हरिओम शर्मा लामिछाने शंकर गिरी, प्राचार्य भुपेन्द्र चापागाई लगायतले वोल्नुभएको थियो ।विधालयका प्राचार्य भुपेन्द्र चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शिवालय वहुमुखी क्याम्पसका प्रमुख कमलनाथ शर्मा र सञ्चालन शिक्षक लेखनाथ उपाध्यायले गरेका थिए । सोहि अवसरमा गिरीले लायन्स क्लव अफ गुप्तेश्वर लाई नगद रु ५ हजार समेत सहयोग गरेका थिए । कार्यक्रममा विधालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक विधार्थीहरु, गिरीकी धर्मपत्नी माया गिरी लगायत विभिन्न व्यात्तिहरुको उपस्थिती रहेको थिया

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com