About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
कावासोती नगरपालिकाले राजमार्ग क्षेत्राधिकारभित्र निर्माण गरिएका भौतिक संरचना हटायो

Darpanpost शनिबार, भाद्र ३०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानु पंगेनी,

३० भदौ, नवलपरासी । नवलपरासी पूर्वमा रहेको कावासोती नगरपालिकाले राजमार्ग क्षेत्राधिकारभित्र निर्माण गरिएका भौतिक संरचनाहरु हटाएको छ ।
कावासोतीको फलफूलचोकदेखि थकालीचोकसम्मको राजमार्ग क्षेत्राधिकारभित्र बनाईएका घरटहरा , टिकट काउन्टर , ठेलागाडा , होर्डिङ्ग बोर्ड , निर्माण सामाग्री नगरपालिका आफैले हटाएको छ । कावासोती नगरपालिकाको मुख्य बजारको रुपमा हेरिएको यस क्षेत्रलाई सफा र सुन्दर बनाउने उदेश्यले नगरपालिकाले हटाएको हो । सडकको क्षेत्राधिकारभित्र निर्माण गरिएका भौतिक संरचनाका कारण दुर्घटना बढ्नुका साथै बजार कुरुप देखिएकाले नगरपालिकाले १५ दिने सुचना निकालेर नागरिक आफैलाई हटाउन अनुरोध गरेको थियो । तर नागरिकले अटेर गरेकाले नगरपालिका आफैले हटाएको कावासोती नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोशन ज्ञवालीले जानकारी दिए ।
बजार सफा सुन्दर बनाउन सडक राजमार्ग छेउका रुखको हागा छाट्ने र दोजरले राजमार्ग छेउछाउमा बनेका खालडाखुल्डी पुर्ने र सम्याउने काम समेत शुरु गरिएको अधिकृत ज्ञवालीले बताए ।

सम्बन्धित

ताजा अपडेट
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा
आमाको खुट्टा मुनि स्वर्ग रहेको : मौलाना मशहूद

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com