About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कावासोती नगरपालिकाका जनप्रतिनिधीको सक्रियतामा बजार सरसफाई

Darpanpost शनिबार, भाद्र ३०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानु पंगेनी
३० भदौ, नवलपरासी । विश्व सरसफाई दिवसको अवसर पारेर कावासोती नगरपालिकाले शनिवार वृहत कावासोती बजार सरसफाई कार्यक्रम संगै नगर उपप्रमुख , कावासोती बचाउ अभियानको थालनी गरेको छ ।
कावासोतीको फलफूलचोकदेखि थकालीचोकसम्म राजमार्गको दुवैतर्फ सरसफाई गरिएको छ । कावासोती नगरपालिका प्रमुख चन्द्रा कुमारी पुन ,उपप्रमुख प्रेम शंकर मर्दनिया , १७ वटा वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरु सबै मिलेर बजारको फोहोर उठाएका छन । जनप्रतिनिधीकै सक्रियतामा बजार सरसफाई गरिएको हो । कार्यक्रममा हरियाली संथा , वातावरण बचाउ अभियान लगायतका संस्थाको समेत सहकार्य रहेको थियो । भने सरकारी कर्मचारी , संघसंस्थाका प्रतिनिधीहरुले पनि सरसफाई गरेका थिए ।


कावासोती नगरपालिकालाई सफा र सुन्दर नगर बनाउने उदेश्य सहित नगर उपप्रमुख , कावासोती बचाउ अभियानको समेत थालनी गरिएको हो । उपप्रमुख मर्दनिया लामो समयदेखि बन वातावरणकै क्षेत्रमा काम गर्दै आएका कारण यस अभियानमा उपप्रमुखलाई जोडिएको हो । कावासोती नगरपालिकाको फोहोरको दिर्घकालीन व्यवस्थापन , राजमार्गको क्षेत्राधिकारभित्र बनाईएका घर टहरा , होडिङ्ग बोर्ड , ठेलागाडा , निर्माण सामाग्री हटाएर बजारलाई सुन्दर बनाउने , कावासोतीलाई हरियाली बनाउने योजना सहित यस अभियानको थालनी गरिएको उपप्रमुख मर्दनियाले बताए । यस अभियानमा सबै नागरिकले साथ दिएर सफल बनाउन समेत उनले आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com