About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
सल्यानमा गाडी दुर्घटना, दुर्घटनामा दुई जनाको मृत्यू

Darpanpost सोमबार, भाद्र २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

२५ भाद्र ,सल्यान । सल्यानमा गाडी दुर्घटना हुदाँ मृत्यू हुनेको संख्या २ पुगेको छ । जिल्लाको शारदा नगरपालिका १३ स्यानीखाल अत्तरकाँडामा भएको जीप दुर्घटनाका घाईतेको निधन भएपछि मृत्यू हुनेको संख्या २ पुगेको हो । गाडी दुर्घटनामा घाईते बागचौर नगरपालिका १० मोखला का ६० बर्षिय बल बहादुर बिकको मृत्यू भएको हो । उनको श्रीनगरमा सामान्य उपचारपछि थप उपचारको लागी नेपालगञ्ज रिफर गरिएको थियो । तर उनको बिच बाटोमा निधन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  यसअघि दुर्घटना स्थलमा नै ५५ बर्षिया हुकुमी बिकको मृत्यू भएको थियो । मुत्यु हुने दुवै जना श्रीमान श्रीमती रहेका छन् । बागचौर बाट दाङ तर्फ जादै गरेको लु १ च ५६६४ नम्बर को जीप आज बिहान करिब साढे ७ बजेतीर दुर्घटना भएको थियो । दुर्घटनामा परेर गाडी चालक २२ बर्षिय कमल बिक सामान्य घाईते भएका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com