About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नेपाल विद्यार्थी संघ गुप्तेश्वर ईकाई समितिले विद्यार्थीहरुलाई सम्मान सहित तीजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

Darpanpost शनिबार, भाद्र २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

सन्दिप पाठक / २३भदौ, पर्वत  । पछिल्लो समय नेपालीको महान पर्व नजिकिँदै गए सँग चाडपर्व मनाउने तरिका पनि फरकफरक खालका हुन्छ यस्तै नेपाली नारीको महान पर्व तीज नजिकिए सँगै पर्वतको सदरमुकाम  नेपाल विद्यार्थी संघ गुप्तेश्वर ईकाई समिति गुप्तेश्वर बहुमुखी क्याम्पस कुस्माले कक्षा १२ को परिक्षा ०७४ मा जिल्लाको टपर लिष्टमा परेका विद्यार्थी सहित क्याम्पसको स्नातक तहको बोर्ड परिक्षामा उत्कृष्ट अङक प्राप्त गर्न सफल विद्यार्थीहरुलाई हिँजो सम्मान सहित तीजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी कुस्मा नगरपालीकाका उपप्रमुख सीता काफ्ले लामिछानेले राष्ट्र निमार्णको प्रमुख जिम्मा विद्यार्थीहरुमा रहेकाले पढाई संगै समाजका हरेक कार्यमा सहभागीता जनाउँन विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो् । तीजपर्वको शुभकामना सहित तीज मनाउँदा भड्कीलोे संस्कारको अन्तय गर्ने सन्देश समाजमा छर्न समेत विद्यार्थीहरुलाई अनुरोध गर्नुभो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य कुलप्रसाद उपाध्याय,सरस्वती शर्मा जिज्ञासु,काँग्रेसका महाधिवेशन प्रतिनिधी राधा कुवंर क्षेत्री,नेपाल टेड् युनियन पर्वतका अध्यक्ष सुरेन्द्र के.सी,नेपाल विद्यार्थी संघका अध्यक्ष रामचन्द्र पौडेल आर.सी, कुस्मा नगरपालिका ५ का वडाअध्यक्ष चित्रकला शर्मा भारती,४ का वडाअध्यक्ष मिना कर्माचार्य, क्यापस संचालक समितिका निवर्तमान अध्यक्ष मधुरा कुमार जोशी, वर्तमान अध्यक्ष सुन्दर प्रसाद जोशी, क्याम्पस प्रमुख सुवास पन्त, नेविसंघका केन्द्रय सहमाहमन्त्री हरिहर शर्मा, नेपाली काँग्रस म्याग्दीका माहधिवेशन प्रतिनिधी भरत रकाल,दलित संघ पर्वतका अध्यक्ष याम परियार शिव, नेपाल विद्यार्थी गुुप्तेश्वर इकाईका उपाध्यक्ष अमृत पोख्रल,स्वतन्त्र विद्यार्थी इकाई गुप्तेश्वर क्याम्पसका कार्यवाहक सभापति सन्तोष पाठक, लगायतले बोलेका थिए । कार्यक्रममा कलाकारहरु कृष्ण अखेली, अर्जुन थापा, सूदीप क्षेत्री, आर.सी. पौडेल र चित्रसागर श्रेष्ठले आप्mना सांगितिक प्रस्तुतीहरु राख्नुभएको थियो भने हाँस्य टेलीश्रृङखला भताभुंगको टोलीले हाँस्य ब्यङग्य प्रस्तुत गरेको थियो । नेविसंघ गुप्तेश्वर क्याम्पसका ईकाई सभापति शिशिर सर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेविसंघका नेता ठाकुर रसाईलीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com