About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
रामकृष्णको गीत अमेरिकाको महोत्सवमा

Darpanpost शुक्रबार, भाद्र २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं (हिटा) । गायक रामकृष्ण ढकालको म्युजिक भिडियो अमेरिकाको न्यूजर्सीको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रतियोगितामा चयन भएको छ । ‘अचेल पाइलै पिच्छे’ बोलको गीत अमेरिका स्थित न्यूजर्सीमा आयोजना भइराखेको गोल्डेन डोर इन्टरनेशनल फिल्म फेस्टिवल अफ जर्सी सिटि नामक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चयन भएको हो । यो चयनले हाल अमेरिका क्यानडामा सांगीतिक भ्रमणमा रहेका रामकृष्ण ढकाललाई सांगीतिक यात्रामा अकोर् खुशी थपिएको छ । यस प्रतियोगितामा रामकृष्णको उक्त गीतसँगै झन्नै १०० मुलुकका म्युजिक भिडियोहरु छानिएका छन् । नेपालबाट उक्त एकमात्र म्युजिक भिडियो चयनमा परेको हो । हालै साझा प्रकाशनबाट ‘चराको गीत’ नामक चर्चित कविता संग्रह प्रकाशन गरेका साहित्यकार कृसु क्षेत्रीको पुरानो गजललाई आधुनिक संगीतको स्वादमा तयार गरिएको यो गीत गायक तथा संगीतकार हिमाल सागरको रचनामा तयार भएको थियो भने उक्त म्युजिक भिडियोको निर्देशन युवा निर्देशक बिक्की पुलामी खडगले गरेका छन् । आगामी २० सेप्टेम्बर देखि २३ सेप्टेम्बर सम्म चल्ने यो प्रतियोगितामा रामकृष्ण ढकालको गीत सम्मानित भएमा अन्तर्राष्ट्रिय सम्मान पाउने पहिलो नेपाली म्युजिक भिडियो समेत हुने छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com