About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
गीत रेकर्डिबमा मदहोस

Darpanpost शुक्रबार, भाद्र २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं (हिटा) । चलचित्र ‘मदहोस’ को गीत रेकर्डिबको काम सकिएको छ । ‘सुन ए गगन रुक जा पवन’ बोलको गीतमा एसके अधिकारीको शब्द, बाबुल गिरि तथा सन्तोष प्रगाढको संगीत छ । जसमा नित्या शिवा, बाबुल गिरि तथा सन्तोष प्रगाढले नै स्वर दिएका छन् । भी मेकर्सको ब्यानर तथा सुरज प्रधानको प्रस्तुति रहने यो चलचित्र एसके अधिकारीको लेखन तथा निर्देशनमा बन्ने छ । रहने चलचित्र ‘मदहोस’ले समाजमा विद्यमान यौन हिंसाको शिकार भएका युवा युवतीको समस्यालाई उठान गरेको छ । चलचित्रमा शिक्षित बेरोजगार युवाहरुको उत्पीडन, सामाजिक संजालमा देखिएका युवायुवति बीचको समस्याको ज्वलन्त घटनालाई यथार्थपरक ढंगले प्रस्तुत गरिने कथा बुनिएको छ । मदहोसमा विक्रम कार्कीको छायांकन रहने छ भने राजन महर्जनको कोरियोग्राफी रहने छ । चलचित्रमा नव नायिका, सृजना बस्नेतले यसै चलचित्र मार्फत डेब्यु गर्दै छिन् । उनको अलावा दिपेन्द्र कोइराला, कसिश दाहाल, राजु पौडेल, सलिना खड्का तथा प्रियंका अधिकारी लगायतका कलाकारहरुको मुख्य अभिनय रहने छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com