About Contact
१७ मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

मिसेस नेपालमा ३७ महिला

Darpanpost शुक्रबार, भाद्र २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं (हिटा) । हरेकबर्ष बिवाहित महिलाहरु बिच हुँदै आएको सौन्दर्य प्रतियोगीता यसबर्ष पनि हुँदैछ । यसबर्षको प्रतियोगीतामा जम्मा ३७ महिलाले प्रतिस्पर्धा गर्दैछन् । आयोजक रिवन इन्टरटेनमेन्टका पेजेन्ट डाईरेक्टर निशुकान्त झाका अनुसार चौथो संस्करणको यो प्रतियोगितामा मानव बेचविखन विरुद्धको अभियानसमेत सञ्चालन गरिनेछ भने यस वर्षको बिजेताले सिंगापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गनेर् छिन् । विजेताले पुरस्कारस्वरुप स्कुटर पनि पाउने छिन् । प्रतियोगितहरुले नयाँ वानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा विभिन्न विज्ञहरूद्वारा व्यक्तित्व विकास,अन्तराष्ट्रिय मोडलिब वर्कसप, ग्रुमिब, क्याटवक, शृंगार, जुम्बा, हस्पिटालिटी मेनेजमेन्ट, फेसन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षण लिईरहेका छन् ।

आगामी असोज ८ गते कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगितामा विभिन्न पेशा तथा गृहिणी जीवन बिताईरहेका नर्मदा सोराली, रबिना परियार, सरस्वती थापा, शान्ति बडे, बिना मगर जोशी, शर्मिला श्रेष्ठ, नम्रता गिरी, अर्चना रिमाल, रश्मी थापा, प्रमिक्षा पोखरेल, मनिषा पाण्डे, रिज्जी सेडाई, प्रियंका खनिया, बिष्णु राना, अनिला मर्हजन, तेजमाया लिम्बु, चन्दा थापा गिरी, अनिता विश्कर्मा, श्रृष्टी महर्जन, दीपा थपलिया, सविता देउला, सुक्ति खनाल, लक्ष्मि लिम्बु, प्रतिमा शर्मा, स्मृती श्रेष्ठ, मनिसा राज थला, जुनु शर्मा, रुपा सिवाकोटी, केशरी ढकाल, बिमला नुगो लिम्बु, दिपिका बर्मा, अनिता बिमली, श्रीलक्ष्मी श्रेष्ठ थापा, मिलन शाह, राधा रिमाल र सपना प्रधानाबले स्पर्धा गर्नेछन्। यस अघिका प्रतियोगितामा सबिता लामिछाने, अनुपमा राई र सुरुची पाण्डे मिसेस नेपाल इन्टरनेसनल भएका थिए। प्रतियोगिता रेनु सेन्चुरी र सम«ाट शाहको संयोजनमा हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com